काठमाडौं, फगुन २६ ,
नेकपा एमालेले सप्तरीको राजविराज घटना र मेची महाकाली अभियानबारे जानकारी दिन बिहीबारदेखि अगुवा कार्यकर्ता भेला र सभा गर्ने भएको छ ।
राजविराज घटनाबारे भण्डाफोर गर्न तथा मेची महाकाली अभियानबारे जानकारी गराउन ७५ वटै जिल्लामा अगुवा कार्यकर्ता भेला तथा सभा गर्ने निर्णय भएको एमालेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।काठमाडौंको रामशाह पथमा र जिल्लामा स्थानीय रुपमा निर्णय भएका स्थानमा सभा हुनेछ ।
यो अभियान अन्तर्गत सप्तरी लगायत तराईका जिल्लामा पनि सभा र भेला हुने उहाँले बताउनुभयो । अगुवा भेलाको एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट आज उद्घाटन गर्दै हुनुहुन्छ ।