अन्तराष्ट्रि महिला दिवसको अबसरमा जेल हिरासत, घाइते र पुर्व अध्यक्ष सम्मानित

पोखरा,२५ फागुन ,
पोखरामा बुधबार (आज) १०७औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा सम्मान एवं बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
अखिल नेपाल महिला संघ क्रान्तीकारी जिल्ला समिति कास्कीले पोखराको शान्तिबन बाटिकाममा एक कार्यक्रमको आयोजना गरेर दश बर्षे महान जनयुद्धको बेला जेल हिरासत, घाइते तथा महिलासंघ क्रान्तीकारीका पुर्व अध्यक्षहरु लाई सम्मान गरेको हो ।
जेल हिरासत परेका महिलाहरुमा मनुमाया खत्री, बसन्ती गुरुङ, मीना विक, खरीका त्रिपाठी, हीरा लामिछाने, माया भारती, रुपा वि.क, कल्पना पाण्डे, निर्जला अधिकारी, खुम कुमारी परियार, शान्ति विक लगायत लाई सम्मान गरीएको छ । यस्तै घाइते तर्फ गोमा घिमिरे, रमीला रेग्मी र लीला गुरुङ सम्मानित हुनु भएको छ । उहाँहरु लाई कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा माओबादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य यशोदा सुवेदी, अनेमसंघ क्रान्तीकारीका प्रदेशनं ४का संयोजक गायत्री गुरुङ,नेकपा माओबादी केन्द्र कास्कीका सह–इन्चार्ज रामजी बराल जिवनले कदर पत्र ,माला र टिकाले संयुक्तरुपमा सम्मान गर्नुभएको थियो । कार्यक्रममा अनेमसंघ क्रान्तीकारीका पुर्व अध्यक्षहरु गोमा पौडेल, गायत्री गुरुङ, दुर्गा विक, अलिशा आले, कृष्ण कुमारी घिमिरे लगायत लाई पनि सम्मान गरीएको थियो ।

कार्यक्रम लाई सम्बोधन गर्दे कार्यक्रमका प्रमुख अतिथि नेकपा माओबादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य यशोदा सुवेदीले १०७ बर्ष अगाडि शुरु भएको महिलाहरुको आन्दोलन अहिले पनि पुरा नभएको बताउदै ८ घण्टा काम, ८ घण्टा आराम,८ घण्टा मनोरन्जन माग अहिले पनि जायज रहेको बताउनुभयो । उहाँले नेपालमा १० बर्षे महान जनयुद्धलेनै महिला सशक्तिकरण ठुलो योगदान पुर्याएको बताउनुभयो । उहाँले अब हुने स्थानीय तहको निर्बाचन धेरै महिला नेतृत्वतहमा आउने पनि बताउनु भयो ।


प्रदेशनं ४का अनेमसंघ क्रान्तीकारीका संयोजक गायत्री गुरुङले महिलाहरुकै सहभागितामा ठुला ठुला परिर्बतन आएको बताउदै महिलाहरु एक जुट हुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा नेकपा माओबादी केन्द्र कास्कीका सह – इन्चार्ज रामजी बराल जिवनले महिलाहरु लाई महत्वपुर्ण जिम्मेवारी दिनु पर्ने र दिलाउने काम माओबादीले गरेको बताउनmुभयो । अझै पनि आफुहरुले भनेजस्तो अबस्था सृजना नभइसकेको बताउदै बरालले एक महिलाले अर्को महिला लाई सम्मानको दृष्टीले हेर्नुपर्ने बताउनु भयो । शहिदका परिवार समाज कास्कीका अध्यक्ष दुर्गा विक, सम्मानितको तर्फ बाट गोमा पौडेल, जुवेदा खातुन लगायतले बोल्नु भएको कार्यक्रम जिल्ला अध्यक्ष कल्पना पाण्डेको अध्यक्षतामा भएको थियो भने सञ्चालन निर्मला न्यौपानेले गर्नुभएको थियो ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन २६, २०७३     4:33:45 AM

Tara Chapagain

See all posts by