महेन्द्र गुफा र चमेरी गुफा विकास संयोजकमा पुनः यदुनाथ बञ्जारा.

पोखरा, २५ फागुन / आन्तरिक र वाह्य पर्यटकहरुको प्रमुख गन्तव्यको रुपमा रहेको पोखराको दुई गुफा महेन्द्र गुफा र चमेरी गुफा पर्यटन विकास समितिको संयोजकमा पुनः यदुनाथ वञ्जारालाई मनोनयन भएका छन् ।

पोखरा–१६ मा रहेका महेन्द्र गुफा र चमेरी गुफाको संचालन व्यवस्थापन र प्रवद्र्धन पोखराको ऐतिहासिक विद्यालय विन्ध्यवासिनी माध्यमिक विद्यालयले गर्दै आएको छ ।

फागुन २४ गते वसेको विद्यालय व्यवस्थापन समितिको वैठकको निर्णय अनुसार आगामी ३ वर्षका लागि यदुनाथ वञ्जारालाई गुफा पर्यटन विकास समितिको संयोजक तोकिएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले वताए ।

गुफाको आम्दानी वाट विन्ध्यवासिनी मा.वि. पोखरा–१६ का करिब ११ सय विद्यार्थीहरुलाई अंग्रेजी माध्यमवाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र आस पासका सरकारी विद्यालयहरुलाई सहयोग पु¥याउदै आएको छ भने गुफा भित्रको व्यवस्थापन र विकसामा भूमिका निर्वाह गर्दै आएको छ ।

नवनियुक्त संयोजक यदुनाथ वञ्जाराले महेन्द्रगुफा र चमेरी गुफाको वृहत्तर विकासका लागि दिर्घकालिन गुरुयोजना वनाएर अघि वढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । हाल गुफा भित्र आधुनिक शौचालय निर्माण कार्य थालनी गरिएको रंग रंगन, सरसफाईको लागि कार्यलाई नियमित पारिएको वताए ।

 यसै वर्ष गुफा भित्र वृहत वाल उद्यान निर्माणको लागि योजना स्वीकृत भई सरकारवाट ५५ लाख रुपैयाँ वजेट समेत विनियोजन भई सकेको संयोजक वञ्जाराले वताए ।

वाल उद्यान निर्माण समितिका सचिव समेत रहेका वञ्जाराले वाल उद्यान निर्माण कार्य अगाडि वडिसकेको जनाए । उनले यसै आ.व भित्र वालउद्यान निर्माण भई सक्ने पनि खुलाए । महिला वालवालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले वाल उद्यानको वजेट विनियोजनमा महत्वपुर्ण भूमिका खेलेका थिए ।

 गुुफा समितिलाई निकट भविष्यमै पूर्णता दिइने वताइएको छ । स्थानिय वासिन्दा पर्यटन विज्ञ, संघ संस्थाका प्रतिनिधि समेटेर गुफा विकास समितिलाई पूर्णता दिइने संयोजकले जनाए ।

प्रकाशित मितिः बुधबार, फाल्गुन २५, २०७३     8:09:43 PM

Ganesh Pahari

See all posts by