नेपथ्य ब्याण्डको द्रोस्रो प्रस्तुति चैत्र २६मा.

 गणेश पहारी पोखरा, २३ फागुन । पोखरामा स्थापना भएको राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आफ्नो गित संगितका साथ ख्याति कमाउन सफ नेपथ्य ब्याण्डले “नेपाल फेरी उठने छ” नाम साङगितिक इभेन्ट प्रस्तुति गर्ने भएको छ ।

नेपथ्थ ब्याण्डले आउँदो चैत २६ गते शनिबारका दिन पोखरा रगंशालाको खेलमैदानमा हुने नेपाल फेरी उठने छ नामक इभेन्टको लाइभको द्रोस्रो सस्करणको प्रस्तुतिको बारेमा जानकारी दिने उद्देश्यले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी दिएका छन । ब्याण्डले सन २०१६मा काठमाण्डौमा १० हजार भन्दा बढि दर्शकहरुको सहभागितामा “फेरी उठ्ने छ नेपाल” नामक आफ्नो पहिलो साङ्गितिक इभेन्ट सफलताका साथ सम्मपन्न गरेकोमा द्रोस्रो इभेन्टको पनि भब्यताका साथ सम्मपन्न हुनेमा आयोजको विश्बास रहेको छ ।

धेरै बर्ष पछि काठमाण्डौमा ईभेन्ट मार्फत नेपथ्यले आफ्नो लाईभ प्रस्तुति गरेको थियो भने करिब ३ बर्ष पछि आफ्नै घर आगँनमा हजारौ युवाहरुको साथमा पोखरालाई फेरी एक पटक तताउने अभियानमा लागेको आयोजकले जनाएका छन ।

पोखरेली गायक किरण गुरुङ र श्रीमति सोनाम गरुङको आयोजनामा हुन लागेको साङगितिक प्रस्तुति कास्की जिल्लाको ल्वाङघलेलमा रहेको गौरी शंकर मनिलाल उच्च मावि र कास्की जिल्लाकै सल्यान बासखर्कमा रहेको भुमेश्वर प्राविको सहयोगार्थ उक्त कार्यक्रमको आयोजना गर्ने लागिएको आयोजक एवंम गायकार किरण गुरुङले पत्रकारहरुलाई बताएका छन ।

व्याण्डवागन वाई पोजेटिब भाइव कम्पनिको व्यबस्थापनमा हुन लागेको संयोजक विकेस कायस्थले जानकारी दिए । रेशम, छेक्यो छेक्यो देउराली डाँडा, भेडाको उन जस्तो, जोगले हुन्छ भेट लगायतका गितहरु गाउदै आएको नेपथ्यको गित प्रायः युवा पिढिहरुको लोकप्रिय ब्याण्डको रुपमा स्थापित भएकोछ ।

आउँदो चैत्र २६ गतेका दिनमा पोखरा रंगशालको खेलमा मैदानमा हुने साङगितिक प्रस्तुतिमा टिकट शुल्क भिआइपीको लागि ३ हजार रुपैया र सर्वसाधारणका लागि टिकट दर १ हजार रुपैया तोकीएको आयोजकले जानकारी दिएका छन ।

साङगितिक कार्यक्रममा नेपथ्य ब्याण्डका भोकलिष्ट चर्चित पप गायक अमृत गुरुङको प्रस्तुति रहने छ । करिब आठ देखी दश हजार दर्शकहरु उक्त साङगितिक कार्यक्रममा आउँने अनुमान आयोजकको रहेकोमा कार्यक्रम पश्चात करिब १५ देखी २० लाख बचत हुने अपेक्षा रहेको आयोजक किरण गुरुङको रहेको छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २३, २०७३     8:32:39 PM

Ganesh Pahari

See all posts by