नेपाल बङ्गलादेश मैत्री उत्सव सम्पन्न .

   पोखरा, २२ फागुन / अली मिया“ लोकवाङ्मय प्रतिष्ठान, नेपाल र युवा पत्रकार एकता समाज बङ्गलादेशको संयुक्त आयोजनामा नेपाल बङ्गलादेश मैत्री उत्सव पोखरामा सम्पन्न भएको छ । अली मिया“ लोकवाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मिया“को प्रमुख आतिथ्यतामा सम्पन्न सो  कार्यक्रम को प्रमुख अतिथि नेपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा हुनुहुन्थ्यो ।

कार्यक्रम का प्रमुख अतिथि थापाले यस्ता ले दुई देश विचको सम्बन्धलाई अझ प्रगाढ बनाउन महŒवपूर्ण योगदान हुने र एक अर्काको संस्कृतिलाई गहिरोस“गै जान्ने अवसर प्राप्त हुने कुरा बताउनु भयो । उहा“ले मन्तव्यका व्रmममा छिट्टै लोककवि अली मिया“का गीतहरूको नोटेशन सहित एल्बम प्रकाशन गर्ने र इन्टरनेट तथा यु–ट्युबमा राख्ने जिम्मा सांस्कृतिक संस्थानले पुरा गर्न लागेको र आगामी वर्ष एक वृस्तृत योजना सहित लोककविको शालिक स्थापना गर्नका लागि लोक अली मिया“ प्रतिष्ठानस“ग सहकार्य गर्न तयार रहेको कुरा बताउनु भयो ।

कार्यव्रmममा बङ्गलादेवी स्रष्टाहरू महम्मद इमदादुल हक तयैव, आइरिन खान र प्राजनाथ तथा नेपाली साहित्यकारहरू मुक्ति बराल, राजेन्द्र गुरगा“ई, ऋषभदेव घिमिरे, सुभद्रा भट्टराइ र तर्कना शर्मालाई अली मिया“ प्रष्ठिानद्वारा र युवा पत्रकार समाज वङ्गलादेशबाट अली मिया“ प्रतिष्ठानका पदाधिकारीहरू हनिफ मिया“, हरिदेवी कोइराला, पद्मराज ढकाल, तुलसी प्रवास र धर्मराज पौडेल अल्पायुलाई सम्मान गरिएको थियो ।

यसैगरी कोलम्बियाबाट नेपाली बाजा सारङ्गी सिक्न आएका एरिन बान्कालाइ पनि सम्मान गरिएको थियो । कार्यव्रmममा आफ्नो  भनाइ राख्दै बङ्गलादेशबाट आएका महम्मद इमदादुल हकले यस मैत्री उत्सव कार्यक्रमले दुई देश बिचको सम्बन्ध सुमधुर हुनुका साथै आत्मीयता र सद्भाव बढ्ने बताए ।

कार्यक्रमलाई थप रोचक बनाउनका लागी हिमाली सांस्कृतिक परिवार, अनुशीलन सङ्गीत पाठशाला र झलकमान गन्धर्व सारङ्गी पाठशालाका कलाकारहरूले नृत्य, सङ्गीत र गीतहरू प्रस्तुत गरेका थिए भने दुवै देशका सबै सम्मानित स्रष्टाहरू महम्मद इमदादुल हक तयैव, आइरिन खान, प्राजनाथ, मुक्ति बराल, राजेन्द्र गुरगा“ई, ऋषभदेव घिमिरे, सुभद्रा भट्टराइ, तर्कना शर्मा, हनिफ मिया“, हरिदेवी कोइराला, पद्मराज ढकाल, तुलसी प्रवास, धर्मराज पौडेल अल्पायु लगायत कविहरू सुरेश रानाभाट, सविना पौडेल, छविलाल आचार्य, चुडामणि बरालले कविता वाचन गरेका थिए । अली मिया“ लोकङ्मय प्रतिष्ठानकी उपाध्यक्ष हरिदेवी कोइरालाले स्वागत र सचिव पद्मराज ढकालले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मितिः आइतवार, फाल्गुन २२, २०७३     7:47:52 PM

Ganesh Pahari

See all posts by