पत्रकार अधिकारीलाई रिमझिमले सम्मान गर्ने

फागुन १८ पोखरा,
लोक संस्कतीको संरक्षण एवम् प्रबर्दनमा संचारक्षेत्रबाट खेलेको भूमीकाको मुल्याङकन गर्दै फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारी सम्मानीत हुने भएका छन् ।पोखराको विरौटामा रहेको रिमझिम दोहोरी साँझ एंव रेष्टुरेण्टले आफ्नो दोस्रो वार्षीकोत्सवका अवसरमा अधिकारीलाई सम्मान गर्न लागेको हो ।
अधिकारी संगै बाद्यबाधक तथा गायक गीतकार बिमल गायकलाइ पनि सम्मान गर्ने भएको छ । मोरङ घर भई बिगत ८ बर्ष देखी पोखरामा संचारकर्ममा लागेका अधिकारी लोक संगीतलाई आधार बनाई आफू संलग्न संचारमाध्यममा कायक्रम तथा रिपोटीङ गर्दै अहिले फेवा टेलिभिजनको स्टेशन म्यानेजरको रुपमा कार्यरत छन् । फेवा टेलिभिजनबाट विसुद्ध लोक गीतमा आधारीत कार्यक्रम ‘फेवा
चौतारी’कार्यक्रमका प्रस्तोता समेत रहेका अधिकारी कुशल टेलिभिजन कार्यक्रम प्रस्तोता पनि हुन् । नेपाल टेलिभिजनबाट प्रदान गरिने हेम–सुनील जोखिमपूर्ण पत्रकारीता पुरस्कारबाट समेत सम्मानीत अधिकारीलाई रिमझिले पनि लोक संस्कृतीको क्षेत्रमा योगदान पु¥याएको भन्दै सम्मान गर्ने रिमझिम दोहोरी साँझ का संचालक तथा बिरष्ठ लोक तथा दोहोरी गायक पुरुषेत्तम न्यौपानेले जानकारी दिए । साथै निकै लामो समयदेखी लोकसंगित कै कर्ममा लागेका गायकलाई पनि सम्मान प्रदान गर्ने तयारी गरिएको न्यौपानेले बताए । यसैविच कुशल कार्य सम्पादन अब्बल मानिएकी उत्कृष्ट कर्मचारी सविता गुरुङ्लाई पनि सम्मान गरिने छ । साथै दोस्रो वार्षीक उत्सवका अवसरमा यहि शुक्रबारदेखी एक साता सम्म विषेस सांगीतिक कार्यक्रम समेत गरिने साँझले जनाएको छ ।
उक्त अवसरमा चर्चित राष्ट्रिय कलाकारहरु पुरुषेत्तम न्यौपाने, कुमार पुन, बद्रि पंगेनी, रमेश बिजि, पशुपति शर्मा, बसन्त थापा, राजन गुरुङ्, जिवन दाहाल, प्रीती आले, तारानाथ आचार्य शंकर विरही गुरुङ, राजन कार्की, माया गुरुङ, शंकर पन्त, गणेश राना र आधुनिक गायक रामभक्त जोजिजु लगायत नियमित कलाकारहरुले मनोरञ्जन प्रदान गर्नेछन् । लोकसंस्कृतिको विकास र प्रवद्र्धनमा समर्पित उक्त दोहोरीमा करिब ३५ जनाले रोजगारी पाईरहेका छन् ।
प्रकाशित मितिः बिहिबार, फाल्गुन १९, २०७३     4:50:00 AM

Tara Chapagain

See all posts by