काठमाडौं, फागुन १८ ,
पत्रकारिता छाडेर राजनीतिमा लागेका रविन्द्र मिश्रले पार्टीको नाम साझा पार्टी राख्नुभएको छ । नयाँ पार्टीको चुनाव चिन्ह तराजु प्रस्ताव गरिएको छ ।
अहिले दल दर्ता बन्द भएपनि नाम र चुनाव चिन्ह सुरक्षित राखिएको पार्टी गठनमा सक्रिय नेताले बताएका छन् । पार्टीको औपचारिक घोषणा भने केही दिनपछि गर्ने तयारी छ ।
पत्रकार मिश्रले मंगलबार बिबिसी नेपाली सेवा छाड्दै पार्टी गठन गरेर राजनीतिमा होमिने घोषणा गर्नुभएको थियो ।