रिमझिम दोहोरी साँझमा विशेष साँगीतीक साँझ हुने .

गणेश पहारी

पोखरा १८, फागुन / पोखरा विरौटामा अवस्थित रिमझिम दोहोरी साँझ तथा रेष्टुरेन्टले विशेष साँगतिक साँझ २०७३ गर्ने भएको छ ।
दोहोरी साँझले आफ्नो द्रोस्रो बर्ष पुरा गरेको उपलक्ष्यमा सम्मान कार्यक्रम सहित उक्त साँझ गर्ने लागेको हो ।

यही आउँदो फागुन २० गते देखी २८ गते सम्म चल्ने विशेष साँझमा चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त कुराको जानकारी गराएका हुन ।

बिशेष साँझमा चर्चित राष्ट्रिय कलाकारहरु पुरोषतम न्यौपाने, कुमार पुन, बद्री पंगेनी, रमेश विजी, पशुपति शर्मा, बसन्त थापा, राजन गुरुङ, जिबन दहाल, प्रिति आले तेसैगरि तारानाथ आर्चाय, शंकर विरहि गुरुङ, राजन कार्की, माया गुरुङ, शकंर पन्त र गणेश रानाका साथमा चर्चित आधुनिक गाएक रामभक्त जोजीजु लगाएतका नियमित कलाकारहरुको विशेष प्रस्तुति रहने आयोजकले जानकारी गराएका छन ।

करिब नौ दिन सम्म चल्ने उक्त दोहोरी साँझले संचार क्षेत्रमा लागेर लोक सस्कृती र लोक दोहोरी लाई स्रोता माझ पुराउन विशेष भुमिका प्याएको भन्दै फेवा टेलिभिजनका स्टेशन मेनेजर हेमराज अधिकारीलाई सहित गायन तथा संगित क्षेत्रमा लागि रहेका कुशल बादक तथा गायक संगितकार विमल गायक र संस्थाको काम प्रति हौसला र उर्जा बढोस भन्ने उद्देश्यले कर्मचारी सबिता गुरुङलाई सम्मान गर्ने भएको छ ।

आउँदो २२ गतेका दिन दोसल्ला, सम्मान पत्र र नगदले सम्मान गरिने संचालक तथा बार्षिक उत्सब संयोजक पुरोषतम न्यौपानेले जानकारी दिएका छन ।

वि.स २०७१ सालमा स्थापना भएको दोहोरी साझ पुरुषोतम न्यौपाने, कुमार पुन, प्रेमराज पाण्डे र इश्वर श्रेष्ट लगाएतका ब्यक्तिहरु द्धारा संचालनमा ल्याएको दोहोरी साँझले असार १५, दशै तिहार, शिबरात्री र माघे सक्रान्ति जस्ता पर्वहरुमा विशेष कार्यक्रमहरु गर्दै आउँनुका साथै सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक काम गर्दै आएको आयोजित पत्रकार सम्मेलनमा आयोजक जानकारी गराएका छन ।

प्रकाशित मितिः बुधबार, फाल्गुन १८, २०७३     10:43:37 PM

Ganesh Pahari

See all posts by