पोखराको बन विज्ञान अध्ययन संस्थानको स्ववियु सभापतिमा विशाल अर्याल बिजयी.

पोखरा, १८ फागुन/ बन विज्ञान अध्ययन संस्थानको स्ववियु सभापतिमा अनेरास्ववियूका उम्मेदवार विशाल अर्याल विजयी भएका छन् ।

उनले १ सय ४० मत प्राप्त गरे भने उनका निकटतम प्रर्तिस्पधी नेविसंघका रमेश बोगटीले १ सय १९ मत प्राप्त गरे । त्यसै गरि अखिल क्रान्तिकारीा रोहितराज झाले ६८ मत प्राप्त गरे ।

अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । सचिवमा सञ्जय तामाङ तथा कोषाध्यक्षमा प्रतिभा जिसी विजयी भए । प्रत्यक्ष सदस्यहरुमा प्रवेश अधिकारी, साधना रानाभाट, सुस्मिता गौतम, भरत रेग्मी र सुरज भट्ट बिजयी भए ।

बनविज्ञान अध्ययन संस्थानमा ३४८ जना मतदाता रहेकोमा २ सय २८ मत खसेको थियो ।

२०४३ देखि स्ववियु चुनाव हुन थालेकोमा बनविज्ञानमा यस अगाडी १० पटक अनेरास्ववियू र दुई पटक नेविसंघले जितेका थिए ।

प्रकाशित मितिः बुधबार, फाल्गुन १८, २०७३     10:37:27 PM

Ganesh Pahari

See all posts by