नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी राजलक्ष्मी बस्नेत विजयी.

पोखरा, १८ फागुन /चिकित्साशास्त्र अध्ययन संस्थान (नर्सिङ) मा स्ववियु सभापतिमा अनामिका राजलक्ष्मी बस्नेत विजयी भएकी छन् । अनेरास्ववियूले विष्णु देवकोटालाई पछि पार्दै नेविसंघकी उमेद्वार बस्नेत बिजयी भएकी हुन् ।

 बस्नेतले १२८ र देवकोटाले ११८ मत प्राप्त गरे । ११ पटक सम्म लगातार जिदै आएको अनेरास्ववियुलाई हराउदै नेविसंघले पहिलो पटक बिजयी बनेको हो ।

सचिबमा नेविसंघ कै वर्षा भुजेल, कोषाध्यक्षमा आरती जिसी तथा सदस्यहरुमा दिक्षा कोईराला, अनिता बस्नेत, दर्शना माकाजु, सुनिता तामाङ, जिसिका सिजापति बिजयी भएका छन् ।

 दुई सय ६५ मात्रै मतदाता रहेकोमा २ सय ५५ मत खसेको थियो । नर्सिङ क्याम्पसमा १२ औं पटक स्ववियू चुनाव हुँदै गर्दा यसअघिका सबै ११ पटक नै अनेरास्ववियूले बिजय हासिल गर्दै आएको थियो ।

अनेरास्ववियूका तर्फबाट सचिवमा एलिश राना, कोषाध्यक्षमा संगिता भट्टराई तथा सदस्यहरुमा ममता शर्मा, दिक्षा कुँवर, एलिशा श्रेष्ठ, पुष्पा थकाली र सुदिपा रिजाललाई उम्मेदवारी दिएका थिए । समानुपातीकको भने बिहीबार मात्रै नतिजा आउने निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रकाशित मितिः बुधबार, फाल्गुन १८, २०७३     10:23:27 PM

Ganesh Pahari

See all posts by