अनेरास्ववियूका कार्यकर्ता कुटाकुट घटनामा अनेरास्ववियूको अनुशासन आयोगको ध्यानाकर्षण

पोखरा, २९ माघ, अनेरास्ववियू केन्द्रीय अनुशासन आयोगले गत बिहीबार पृथ्वीनारायण क्याम्पसमा भएको घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार आयोगका सदस्य अर्जुन अधिकारीले एक प्रेस विज्ञप्ती जारी गर्दै सामुहिक पार्टी, संगठन संचालनको विधि, बिधान र पद्धति विपरीत गएर स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सम्मुखमा संगठनको एकता र हार्दिकतामा आँच पुग्नेगरी यस्ता किसिमका क्रियाकलापहरू हुनु आफैमा दुःखद् र निन्दनीय रहेको जनाएका छन् ।

‘आफूलाई चित्त नबुझेका विषयहरूलाई आपसी सम्वाद र छलफलका माध्यमबाट समस्याको समाधान नखोजी पार्टीका शिर्ष एवम् सम्मानित नेताहरूको व्यक्तिगत जीवनमा अपमानित बनाउने तथा आँच पुग्ने गरी यस्ता किसिमका क्रियाकलापहरू गर्नु निकै दुःखद् र निन्दनीय छ ।’ विज्ञप्तीमा उल्लेख छ– ‘घटनामा फरक–फरक दुई मनोविज्ञानका बीचमा भएको टकराव भनि सार्वजनिक भएको सत्य होईन । केवल केही एक दुई जना व्यक्तिका व्यक्तिगत स्वभाव र शैलीका कारण मात्र सामान्य समस्या उत्पन्न भएको हाम्रो ठहर छ ।’

विज्ञप्तीमा अधिकारीले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सम्मुखमा केवल आफ्नै संगठन भित्र मात्र हार्दिकता निर्माण नगरी भिन्न–भिन्न र फरक बिचार बोक्ने अन्य संघ संगठनका साथीहरूसँग, सहकार्य, एकता र हार्दिक निर्माण गर्नु आजको आवश्यकता हो भन्दै सबैसँग मिलेर जानका लागि कास्की जिल्ला भित्रका सम्पूर्ण कलेजका सरोकारवालालाई विज्ञप्तीमार्फत निर्देशन पनि दिईएको छ ।

साथै, संगठनको विधी, विधान र पद्धती विपरीत गएर व्यक्तिगत ढंगले अराजक गतिविधिमा लाग्ने जो कोहीलाई पनि संगठनको विधान अनुरुप कार्वाही गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ । र संगठनको विधि विधान विपरित कुनै किसिमका अवाञ्छित घटनाहरू नदोहो¥याइकन सौहार्ध रूपमा मित्रवत् प्रतिस्पर्धामा उत्रनका लागि समेत विज्ञप्तीमार्फत निर्देश गरिएको छ ।

प्रकाशित मितिः शनिबार, माघ २९, २०७३     8:57:01 PM

Ganesh Pahari

See all posts by