कमल खत्रीले तीन लाख खर्चेको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, माघ २९ ,

युवाहरुको रोजाइका गायक कमल खत्रीले भ्यालेन्टाइन डेको अवसर पारेर एउटा प्रेमिल गीत सार्वजनिक गरेका छन् । नयाँ म्युजिक भिडियो मार्फत उनले आफ्नो माया दर्शाएका छन् ।

शब्द, संगीत र आफ्नै आवाज रहेको ‘कस्सिम’बोलको गीतमा कमल आफैले अभिनय पनि गरेका छन् । उनले पछिल्लो समयमा आफ्ना गीतहरुमा आफै अभिनय गर्दै आएका छन् । यहि क्रममा उनले यसमा पनि आफै अभिनय गरेका हुन् । ‘कस्सिम’ बोलको गीतको म्युजिक भिडियो निकै सुन्दर देखिन्छ

यो भिडियोलाई उनले आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । उनलाई मोडलिङ र गायनमा सिम्पल खरेलले साथ दिएकी छिन् भने भिडियोको निर्देशन पनि सिम्पलले नै गरेकी छन् । यस भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन् । यो गीतको म्युजिक भिडियो निर्माणमा तीन लाख भन्दा धेरै खर्च भएको कमलले जानकारी दिएका छन् ।

 

प्रकाशित मितिः शनिबार, माघ २९, २०७३     8:33:09 AM

Tara Chapagain

See all posts by