राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

काठमाडौं, माघ २८ । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसदबाट पारित दुई विधेयकलाई प्रमाणीकरण गरेकी छन् ।

प्रमाणीकरणको लागि पेस हुन आएका ‘निर्वाचन (कसूर तथा सजाय) विधेयक, २०७३’ र ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ लाई राष्ट्रपति भण्डारीले शुक्रबार पारित गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता प्रल्हादप्रसाद पुडासैनीले जानकारी दिए ।

 

प्रकाशित मितिः शुक्रबार, माघ २८, २०७३     8:30:32 PM

Tara Chapagain

See all posts by