‘म्यानेजर अफ द इअर’बाट पौड्याल सम्मानित

काठमाडौं, माघ २८ । नेपाल व्यवस्थापन संघ (म्यान)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘म्यानेजर अफ द इअर अवार्ड–२०१६’ बाट एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्याल सम्मानित भएका छन् ।

यस्तै, ‘म्यानेजमेन्ट रिकोगिसन अवार्ड’ नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सिताराम थपलियाले प्राप्त गरे भने ‘म्यानेजर टु वाच’को अवार्ड भिबोर सोसाइटी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनालले प्राप्त गरे ।

शुक्रबार राजधानीमा भएको संघको ३६औं राष्ट्रिय व्यवस्थापन सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरुलाई अवार्ड प्रदान गरेका हुन् ।

 

प्रकाशित मितिः शुक्रबार, माघ २८, २०७३     8:12:27 PM

Tara Chapagain

See all posts by