महिला/ पुरुष भलिबलमा दुवै तर्फ पश्चिमाञ्चललाई तृतीय स्थान

पोखरा, २८ माघ,आयोजक पश्चिमाञ्चलले पोखरामा जारी सृजना अन्तर्राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला तथा पुरुष दुवै तर्फ तृतीय स्थान हात पार्न सफल भएको छ । सृजान समाज केन्द्रको प्रायोजनमा भएको प्रतियोगिता अन्तरगत पश्चिमाञ्चलको महिला टिमले पुलिस टिमलाई ३ – ० ले पराजित गर्न सफल भयो ।

पहिलो सेटमा पश्चिमाञ्चलले २५–२१ को जित निकाल्यो । दोश्रो सेटमा पुलिसले १८–१३ को अग्रता लिएता पनि पश्चिमाञ्चलले आफुलाई सम्हाल्दै २५–२२ मा खेललाई आफ्नो पक्षमा पार्न सफल भयो । तेश्रो तथा अन्तिम सेटमा पुन पश्चिमाञ्चलले २६–२४ को कठिन जित निकाल्दै जित हात पा¥यो । पश्चिमाञ्चलले ३३ हजार ३ सय ३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

पश्चिमाञ्चलकी मञ्जु गुरुङ्ग प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भईन् । पश्चिमाञ्चल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति र कास्की जिल्ला खेलकुद विकास समितिको सहयोगमा शुक्रबारनै तेश्रो स्थानको लागि पुरुष तर्फ पश्चिमाञ्चल र एपिएफ विच भएको खेलमा पश्चिमाञ्चलले जित हात पा¥यो । पश्चिमाञ्चलले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–२ ले पराजित गर्दै पुरुष तर्फकोे तेश्रो स्थान प्राप्त गरेको हो ।

एपिएफले पश्चिमाञ्चललाई पहिलो र दोश्रो सेटमा २५–२३, २५–१५ ले पछाडी पारेको थियो । तर पश्चिमाञ्चलले आफ्नो खेलमा सुधार गर्दै तेश्रो सेटमा २५–२३ र चौथो सेटमा २५–१५ को जित हात पार्दै खेललाई २÷२ को बराबरीमा पु¥यायो । पाँचौ तथा निर्णायक सेटमा पश्चिमाञ्चलले एपिएफलाई १५–१३ ले हराउँदै तेश्रो स्थान प्राप्त गर्न सफल भयो ।

तेश्रो भएबापत पश्चिमाञ्चलले नगद ३३ हजार ३ सय ३३ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । पश्चिमाञ्चलका काजी के.सी. उत्कृष्ट खेलाडी घोषित भए । तृतीय स्थानको पुरस्कार महिला तर्फ हाल युकेमा रहेकी प्रिती गुरुङ्ग पोखराले र पुरुष तर्फको पुरस्कार पोखरा भलिबल क्लब सिड्नी, अष्ट्रेलियाले प्रदान गरेका हुन् ।

प्रकाशित मितिः शुक्रबार, माघ २८, २०७३     8:08:48 PM

Tara Chapagain

See all posts by