लेखनाथलाई बालमैत्री नगरपालिका बनाउने .

 पोखरा २६ माघ,  बालबालिकाको लागि आवस्यक सेवाको उपलब्धता,गुणस्थरमा उल्लेखिय सुधार र सेवाको सुनिश्चिता गर्दै बालवालिकालाई बर्तमान साझेदारीताको रुपमा स्थापित गर्दै भविश्यमा सक्षम नागरिक बनाउने उदेस्यले लेखनाथलाई बालमैत्री नगरपालिका घोषणाको तयारीमा जुटेको छ ।
बालमैत्री स्थानीय शासन ईकाई समिति लेखनाथले बुधवार राखेको पत्रकार सम्मेलनमा आगामी वि स २०७४को चैत मसान्तसम्ममा बालमैत्री नगर घोषणाको तयारीका बारेमा जानकारी दिएको हो । कार्यक्रम अन्तरग बालमैत्री नगर घोषणा पुर्व पुरा गर्नु पर्ने सुचकहरुका बारेमा काम भईरहेको र विभिन्न टोल टोललाई बाल श्रममुत्त टोल घोषणा गरि तयारीलाई अगाडी वढाईको जानकारी गराईएको थियो ।
कार्यक्रममा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लालकृष्ण शर्मा पौडेलले अभियानलाई सार्थक रुप दिन संचारकर्मीको ठुलो भुमिका भएकाले बाल अधिकार हननका घटनाहरुलाई बास्थविक रुपमा उजागर गरि बाहिर ल्याउन अनुरोध गरेका थिए।
वालमैत्री स्थानिय शासन ईकाई समिति लेखनाथका फोकल प्रसन अनिल आचार्यले अभियानलाई सहयोग पुग्ने गरि माघ २७ देखि फागुन ८ गतेसम्म चल्ने लेखनाथ महोत्सवमा स्टल राखि प्रचार प्रसारलाई अगाडी वढाईने जानकारी गराएका थिए।
पोखरा
प्रकाशित मितिः बुधबार, माघ २६, २०७३     7:25:57 PM

Ganesh Pahari

See all posts by