लेखनाथको शिद्धेश्वर मन्दिरमा महायज्ञ हुने

पोखरा २६ माघ , लेखनाथ नगरपालिका वडा नं ८ शिसुवाको डुडाको मुखमा रहेको श्री शिद्धेश्वर शिव मन्दिरमा आगामी फागुन ७ देखि १४गतेसम्म श्रीमद् भागवत पुराण ज्ञान महायज्ञ तथा शिवरात्री महोत्सव हुने भएको छ ।

महाशिव रात्रिको अवसर पारेर जिर्णद्धार मन्दिरलाई कलात्मक शिव मन्दिर निर्माण गर्ने, जेष्ठ नागरिक बिश्राम स्थल, बाटिका तथा पुष्प उद्धान र शुभ मण्डप बनाउने उदेस्यले आयोजना गर्न लागिएको महायज्ञ तयारीका लागि सोमलाल कँडेलको संयोजकत्वमा एक हजार ५१ सदस्य मुल समारोह समिति निर्माण गरि तयारीलाई अगाडी वढाईएको हो ।

करिव दुई रोपनी क्षेत्रफल भित्र फैलियको मन्दिर परिसरमा ब्यवस्थीत तर्थस्थल निर्माण गरि आम भत्तजनमा धार्मीक भावनाको विकास गराउने उदेस्यले आयोजना गर्न लागिएको महायज्ञलाई ब्यवस्थीत र प्रभावकारी बनाउन विभिन्न २२वटा उप समिति गठन गरि तयारीलाई तिव्रताका साथ अगाडी वढाएको शिद्धेश्वर शिव मन्दिर विकास समितिका सदस्य सचिव भरतराज न्यौपानेले जानकारी दिएका छन् ।

स्थानीय आमा समुह,टोल विकास समिति, वन उपाभोत्ता समिति,विभिन्न संघ सस्था र वडा स्तरीय राजनितीक दलका प्रतिनिधीहरुको सामुहिक सहभागीतामा हुन लागेको महायज्ञमा करिव एक करोड उठाउने लक्ष्य राखिएको छ ।महायज्ञमा युवा पण्डित बन्धुराज खनालको मुखराविन्दुबाट धार्मीक प्रवचन हुने कार्यक्रम रहेको छ।

प्रकाशित मितिः बुधबार, माघ २६, २०७३     7:15:59 PM

Ganesh Pahari

See all posts by