पोखरा २६ माघ
नेपाल क्योकुशिन बुदोकाई कराँते संघ कास्की शाखाले आफ्नो संघमा आबद्ध भएका खेलाडी हरुलाई बिभिन्न कार्यक्रममा लौजदा संघमा सम्पर्क राख्न अनुरोध गरेको छ ।
संघले बस्ने नियमित बैठले यस्तो निर्णय गरेको हो । यस भन्दा अगाडी पनि केही खेलाडीलाई संघमा सम्पर्क नगरी अन्य प्रतियोगीता तथा विभिन्न समारोहमा कराँतेको तर्फबाट सहभागी भएको थिए । यसरी खेलाडी सहभागी हुदा संघमा जानकारी आएको थिएन् ।
नेपाल क्योकुशिन बुदोकाई कराँते संघ कास्की शाखाका अध्यक्ष धर्मराज कोइरलाको अध्यक्षतामा बसेको बैठकले संघमा सल्लाहा नगरी कुनैपनि डोजोले कार्यक्रम गर्न सम्पर्क नगरी संघको तर्पmबाट खेलाडी सहभागी गराउने प्रशिक्षक तथा डोजो प्रमुखलाई कारबाही गरीने निणर्य गरेको हो ।
खेलाडी लैजादा दुर्घटना भएमा संघको जिम्मा हुने भएकाले संघमा लिखित तथा मैखीक जानकारी गराएर मात्र संघका खेलाडीलाई अन्य कार्यक्रममा सहभागी गराउन संघले अनुरोध गरेको हो । संघमा अहिले कास्कीमा मात्र छ वटा डोजो गरेर दुई सय भन्दा बढि खेलाडी आबद्ध रहेको संघका संरक्षक दिपक गोदारले बताएका छन ।
खेलाडी संघबाट सम्पर्क गरेर बाहीर जादा खेलाडीलाई अन्य निकार्यबाट समस्या आएमा संघले संरक्षण गर्नको लागी यो निर्णय गरेको गोदारले बताए । खेलाडीको सुरक्षाको लागी पनि संस्थाले यस्तो निर्णय गरेको संघका अध्यक्ष धर्मराज कोइरलाले बताए । कोइरलाले खेललाई मर्यादित बनाको लागि यस्ता अन्य निर्णय गर्नुपर्ने आबस्यकता रहेको बताएका छन ।
बैठकमा संघका सचिब तथा लेखनाथ डोजो प्रमुख प्रशिक्षक सुबास खड्काले डोजो प्रमुखलाई भन्दा खेलाडीलाई सहयोग मिलेको र खेलाडीमा हौसला बढने भएकोले निर्णय गरेको बताए ।