स्वं पौडेलको स्मृतिमा एमालेको शोकसभा

 पोखरा, २५ माघ, नेकपा एमाले वडा कमिटी पोखरा—१९ ले स्वर्गिय टंकनाथ पौडेलको स्मृतिमा शोक सभा सम्पन्न गरेको छ । वडा कमिटीका अध्यक्ष विष्णु गौतमको अध्यक्षतामा आयोजित सभामा नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले स्वर्गिय पौडेलको तस्विरमा माल्र्यापण गर्दै, कम्युनिष्ट आन्दोलनमा उहाँ र उहाँको परिवारले पु¥याएको योगदानको स्मरण गर्नुभयो ।
कार्यक्रममा एमालेका सचिवालय सदस्य शोभामोहन पौडेल, क्षेत्र नं.—२ का क्षेत्रीय अध्यक्ष जीवन आचार्य, वडा कमिटीका पूर्व अध्यक्ष बलराम भण्डारी, नेता हिमलाल पौडेल, उपाध्यक्ष बलराम पौडेल, पूर्व उपाध्यक्ष डिल्लीराम पौडेल, पोखरा—१६ कमिटीका निवर्तमान अध्यक्ष सुवासबाबु अधिकारी, ढुण्डिराज पौडेल, रमेश वि.क., पत्रकार शिशिर पौडेल, लगायतले स्वर्गिय पौडेल प्रति श्रद्धान्जली व्यक्त गरेका थिए ।
एमालेका क्रियाशिल सदस्य अशोक पौडेल र जमुना पराजुलीका पिता टंकनाथ पौडेलको यहि माघ १८ गते ६४ वर्षको उमेरमा निधन भएको थियो । स्वर्गिय पौडेलका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।
प्रकाशित मितिः मङ्लबार, माघ २५, २०७३     6:13:19 PM

Ganesh Pahari

See all posts by