सेभेन लेक कृषि सहकारीको वार्षिकोत्सवमा रत्तदान

 पोखरा,२५ माघ, लेखनाथ नगरपालिका वडा नं ३ वुढिवजारमा रहेको सेभेन लेक कृषि सहकारी सस्थाको दोस्रो वार्षिक उत्सवको अवसरमा राखिएको खुल्ला रत्तदानमा ३१युनिट रगत संकलन भएको छ। पहिलो रक्तदाता सस्थाका उपाध्यक्ष नृपेश अधिकारीलाई ब्लड ब्याग हस्तान्त्रण गर्दै सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय पोखराका प्राचार्य बद्रिनाथ अधिकारीले सहकारीहरुले आर्थीक उपार्जन मात्र नगरि सामाजीक क्षेत्रमा पनि काम गर्दै जानु पर्ने सुझाव दिदै ब्यवसायिक उत्पादनलाई पहिलो प्रथामिकतामा राख्नु पर्नेमा जोड दिएका थिए।

सोही अवसरमा नेपाल रेडक्रस सोसाईटी कास्की साखाका सभापति बामदेव ढुगानाले रत्तदानको महत्व र उपयोगिताका बारेमा जानकारी गराउदै सहकारीले सामाजीक क्षेत्रमा देखाएको कामको उच्च प्रशंसा गरेका थिए।

सस्थाका अध्यक्ष अमृत कुमार वरालको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष नृपेश अधिकारीले स्वागत मन्तव्य,ब्यवस्थापक तथा कार्यक्रम संयोजक कृष्णप्रसाद अधिकारीले धन्यवाद र कार्यसमितिका सदस्य रामचन्द्र तिमिल्सिनाले कार्यक्रम संचालन गरेका थिए ।

प्रकाशित मितिः मङ्लबार, माघ २५, २०७३     6:05:02 PM

Ganesh Pahari

See all posts by