यातायात पत्रकारिता पुरस्कार प्रभु अधिकारीलाई

पोखरा २४ माघ

पत्रकार प्रभु अधिकारी यातायात पत्रकारिता पुरस्कारबाट  सम्मानित भएका छन् । पत्रकारिताको माध्यमबाट यातायात सम्बन्धि समाचार संप्रेषण गरी योगदान पुर्याएको भन्दै अधिकारीलाई सम्मान गरिएको हो ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिको सोमवार आयोजित ४५ औं वार्षिकोत्सव कार्यक्रममा उनलाई नगद १० हजार सहित सम्मानपत्र प्रदान गरियो । नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका कार्यवहाक अध्यक्ष डोलनाथ खनाल र पृथ्बी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐन कुमार साईले पुरस्कार राशी सहित सम्मानपत्र प्रदान गरेका थिए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिको सिफारिसका आधारमा अधिकारीलाई सम्मान गरिएको हो । अधिकारी गोल्डेन आई टेलिभिजनका संवादताता हुन् ।

पोखरामा रहेर पत्रकारिता मार्फत यातायात क्षेत्रमा योगदान पुर्याउने एक जनालाई हरेक बर्ष यो पुरस्कार प्रदान गरिदै आएको छ । पृथ्बी राजमार्ग बस सञ्चालक समितिद्धारा स्थापित पुरस्कारबाट यसअघि पत्रकार गोकुल बानियाँ र सुरेन्द्र पौडेल सम्मानित भैसकेका छन् ।

 

 

प्रकाशित मितिः मङ्लबार, माघ २५, २०७३     5:20:10 AM

Tara Chapagain

See all posts by