पोखरा २४ माघ ।
पृथ्वी राजमार्ग बस सञ्चालक समितीले पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई ३ थान आराम कुर्ची प्रदान गरेको छ । आफ्नो ४५ औ वार्षिकोत्सवको अवसर पारी सोमबार बिहान अस्पताललाई ३ थान कुर्ची हस्तान्तरण गरेको हो ।
सोमबार एक कार्यक्रमका बीच अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट श्रीकृष्ण श्रेष्ठ र अस्पताल सञ्चालक समितीका सदस्य तीर्थलाल श्रेष्ठलाई पृथ्वीराजमार्ग बस सञ्चालक समितीका अध्यक्ष एन कुमार शाही, महासचिव योगेन्द्र बहादुर क्षेत्री सहितको पदाधिकारी टोलीले आराम कुर्ची हस्तान्तरण गरेको हो ।
सो समारोहमा वोल्दै पृथ्वी राजमार्ग बस सञ्चालक समितीका अध्यक्ष एन कुमार शाहीले आफ्नो ४५ औ वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आएको र सोही अनुरुप अस्पतालमा पनि बिरामीहरुको सुविधाका लागी ३ थान आराम कुर्ची हस्तान्तरण गरेको वताए ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट श्रीकृष्ण श्रेष्ठले पृथ्वी राजमार्ग बस सञ्चालक समितीले सहयोग प्रदान गरेको आराम कुर्चीले अस्पतालमा आउने बिरामीका लागी ठूलो टेवा पुग्ने वताए ।