कन्या क्याम्पसमा शैक्षिक, धार्मिक महोत्सव एवं महायज्ञको पूर्व मोटरसाईकल र्याली

पोखरा २३, माघ, पश्चिमाञ्चल क्षेत्रकै पहिलो कन्या क्याम्पसमा प्राविधिक शिक्षा संचालनगर्न माघ २५ गते देखि फागुन ३ सम्म क्याम्पसमा आयोजना हुन लागेको शैक्षिक, धार्मिक महोत्सवएवं श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ ।

यसै सन्दर्भमाआजबिहानपोखरामाबृहत् प्रचारात्मकमोटरसाईकल र्यालिनिकालियो ।कन्या क्याम्पसबाट साढे आठ बजे आरम्भ भएको र्यालिशहरमाविभिन्नभाग परिक्रमागरि पुनःक्याम्पसमाआई टुंगिएको पत्रकार आरजु विष्ट सल्यानीले जानकारी दिनुभयो ।

र्यालि क्याम्पसबाट शुरु भई महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक, अमरसिंंहचोक, रामवजार, वुद्धचोक, पृथ्वीचोक, एयरपोर्ट, विरौटा, ड्यामसाईड, राष्ट्रबैंकचोक, लेकसाईड, हल्लनचोक, सभागृहचोक, चिप्लेढुंगा, सिदार्थचोक, रामकृष्ण टोल, नालामुख, मोहरीया टोल, मिरुवा, सिमपानी, ट्याक्सिचोक, दीप, लामाचौर, बाटुलेचौर पुगेर कन्याक्याम्पसमाआएर टुंगिएको थियो ।

कितावी ज्ञान मात्रले व्यवहारीक परिवर्तन गराउननसकिएको र उच्चशिक्षाहासिल गरेर धेरै युवाहरु वेरोजगार भएर बसेको तथाविदेश नै ताक्ने परीपाटीलाई कमगर्न क्याम्पसमााप्राविधिकशिक्षाको आवश्यकतामहशुस गरी कन्या स्कुल र कन्याक्याम्पसको आयोजनामा महायज्ञ गर्न लागिएको हो । क्याम्पस सञ्चालक समितिकाअध्यक्ष योगेन्द्र प्रधानले फागुन ३ गतेसम्मपोखरा ३ नदीपुरमा रहेको क्याम्पस परिसरमाआयोजनाहुने महायज्ञबाट करीब ५ करोड रुपैया आर्थिक संकलनगर्ने लक्ष्य राखिएकोे बताउनु भएको छ ।

सर्वसुलभ प्राविधिकशिक्षालय स्थापनागर्न, स्थानीय स्तरमै नै आत्मनिर्भर स्वरोजगारको वातावरण सृजनागर्न, सबै नेपालीमाहार्दिक एकताको भावनाविकसितगर्ने एवं विदेश पलायनहुने प्रावृत्तिन्यूनिकरण गर्ने, विश्वबजारमा समेत प्रतिष्प्रर्धा गर्न सक्ने सक्षमप्राविधिकयुवाशत्तिउत्पादनगर्न, आध्यात्मिक संस्कारयुक्त सकारात्मक सोचका साथराष्ट्रनिमार्णमा सक्रिय गराउने, बालक, युवा र जेष्ठ नागरिक सबैमाआध्यात्मिक चेतनाको विकास गर्ने अभिप्रेरित गर्ने उदेश्यहरु राखिएको छ ।

प्रकाशित मितिः आइतवार, माघ २३, २०७३     7:52:17 PM

Ganesh Pahari

See all posts by