पोखरा, २० माघ, कामना विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड पाँच लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक सय ३२ दशमलव ५५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कामनाले चार करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
६६ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले निक्षेपमा एक सय दुई दशमलव २९ प्रतिशतले वृद्धि गरी छ अर्ब ८९ करोड सात लाख रुपैयाँ पुर्याएको छ । कर्जातफ बैंकले एक सय २५ दशमलव ३७ प्रतिशत बढाएर छ अर्ब १८ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी एक सय ४९ दशमलव ३९ प्रतिशतले बढेर २० करोड ७६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा एक सय २० दशमलव ५८ प्रतिशतले बढेर १५ करोड रुपैयाँ पुगेको छ ।
निष्कृय कर्जा एक दशमलव ४८ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १४ दशमलव ३० प्रतिशत रहेको बैंकले प्रोभिजनमा २ करोड ५८ लाख रुपैयाँ राखेको छ भने जगेडकोषमा ३८ करोड रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक ३० दशमलव ४० रुपैयाँ, मुल्य आम्दानीको अनुपात २३ दशमलव ३६ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ५८ दशमलव १३ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ३४ प्रतिशत रहेको छ