फेरि बढ्यो ग्याँसको मूल्य

काठमाडौ, २० माघ, नेपाल आयल निगमले ग्याँसको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको छ ।
अब एक सिलिन्डर ग्याँसको मूल्य १३ सय ५० रुपैयाँ पुगेको छ । भारतीय आयल कर्पाेरेशनले पाएको नयाँ मूल्य सूचीअनुसार निगमले ग्याँसको मूल्य समायोजन गरेको निगमका कार्यात्रकारी निर्देशक गोपालबहादुर खड्काले जानकारी दिए । पट्रोल र डिजेलमा भने मूल्य घटबढ गरिएको छैन । भारतीय आयल कर्पोशरनले मूल्य बढाएर पठाए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै तेलको मूल्य न नबढाइएको उनले बताए । ‘उपभोक्तालाई रहात दिन कै लागि तेलमा मुल्य बढाइएकाृ छैन’ खड्काले भने । यसअघि नै निगमलाई डिजेलमा प्रतिलिटर ३. १७ रुपैयाँ प्रतिलिटर घाटा थियो ।

प्रकाशित मितिः बिहिबार, माघ २०, २०७३     1:44:42 PM

Ganesh Pahari

See all posts by