नेपाली लोक गित “तुम्बा तान्ने सुइरो” बजारमा

पोखरा २० माघ, कल्पना पुर्जा गीत संगीतविनाको जीवन कल्पना गर्न गाह्रो पर्छ । उकालीको चौतारीहरुमा सुस्ताउदा किन नहोस् , देउरालीशहरुमा सुसेल्दा किन नहोस् । काम गर्दै गर्दा बारकिो डिलमा ,घास काट्दै गर्दा बनमा मेला पर्व जात्रा उत्सव,यात्राहरुमा हरेक भट्टी अनि पसलहरुमा , गाउँघर शहर बजार हरेकको माझ हर ठाउँ ठाउँमा गीत संगीत गुन्जेकै हुन्छ । त्यस मध्य पनि धेरै मात्रामा सुनिने गीत भनेकै लोक तथा दोहोरी गीतहरु हुन् ।

यही लोक संगीतको क्षेत्रलाई लामो समयदेखी फराकिलो बनाउदै आएका शीतल दिने पीपल समी छ ,,माली गाईको दहि मिठो , यस्तै रैछ माया , कति रुनु छ र फूल राम्रो गुलाबको , यो चोखो माया मर्दैन, घामले नि पोल्दियोजस्ता दर्जनौं कालजयी चर्चित गीतबाट दर्शक श्रोताको मन जित्न सफल सर्जक तथा चर्चित गायक याम क्षेत्री यति बेला धेरैको जीवनसग मेल खाने भट्टीसंग जोडिएको सँधै गाउने भन्दा अलि फरक धारको अर्को उत्कृष्ट लोकदोहोरी गीत “तुम्बा तान्ने सुइरो” लिएर बजारमा आएका छन् ।

बहुचर्चित सर्जक एकनारायण भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको गीत उनै चर्चित गायक याम क्षेत्री र जुनु रिजाल काफ्लेको सुमधुर आवाजमा सजिएको छ भने गीतको म्यूजिक भिडियोमा अभिनय चर्चित मोडल करिश्मा ढकाल ,राज सुबेदी लगायतको रहेको छ । गीतको भिडियो निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका हुन् ।

करण चैसिरको उत्कृष्ट छायांकनमा तयार भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका हुन् ।क्षेत्रीको आफ्नै कम्पनि समर्पण म्यूजिक प्राली मार्फत् आफ्नै व्यक्तिगत युटुब च्यानल “याम क्षेत्री “मार्फत गीत सार्बजनिक गरिएको छ । भर्खरै मात्र प्रकाश रेग्मी क्षेत्रीको ‘पहाडको पर्बततिर’ बोलको पञ्चे बाजाको गीतमा आवाज दिएका क्षेत्रीले यतिखेर सबैको मन लोभ्याउने गीत “तुम्बा तान्ने सुइरो” लिएर बजारमा आएका हुन् । गीत निकै मन छुने बनेको छ ।

प्रकाशित मितिः बिहिबार, माघ २०, २०७३     1:37:15 PM

Ganesh Pahari

See all posts by