सफल पोखरा अन्तराष्ट्रिय म्याराथन २०७३

 पोखरा, माघ १९ ,वर्तमान विश्व परिवेशमा चर्चित शहरको नाममा आयोजना गरिने ऋष्तथ ःबचबतजयल को अवधारणा अनुरुपनै यही फागुन ७ गतेर्, सफल पोखरा अन्तराष्ट्रिय म्याराथन २०७३ आयोजना हुदैछ । भुतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा र सुजल डेरी प्रा.लि. को उत्पादन सफल दूधको मुख्य प्रायोजनमा यस पटक ११ औं संस्करणको आयोजना गरिएको छ ।

सन २००२ बाट शुरु भएको यस प्रतियोगितामा देश विदेशका धावकहरुको सहभागिता रहने हुनाले निकै प्रतिस्पर्धात्मक र लोकप्रिय रहदै आएको छ । “दौडौ स्वस्थको लागि , दौडौ पोखराको लागि” भन्ने मूलनाराका साथ सञचालन गरिएको यस प्रतियोगीताले स्थानिय वासीको स्वस्थमा सकरात्मक प्रभाव पार्ने र पोखराको नाम अन्तराष्ट्रिय स्तरमा प्रख्यात पार्न अवश्य मद्धत गर्नेछ । पोखराकै सवैभन्दा ठूलो र रोमाञ्चक मानिएको यस प्रतियोगिता पोखरा रंगशालाबाट शुरु भएर शहरका विभिन्न ठाउँहरु परिक्रमा गरी पोखरा रंगशालामा नै आएर समापन हुने भएको छ ।

म्याराथन सहभागिताको लागि दत्र्ता गर्न भूतपूर्व खेलाडी मञ्च नेपाल, गैरेपाटनमा सम्पर्क गर्न सकिने छ । सम्पर्कका लागि कार्यलयको टेलिफोन नं.०६१–५३६५७० , ५३८७१६ र ५३६८८७ मा सम्पर्क गर्नुहोला । प्रतियोगितामा म्याराथन ४२.१९५ किलोमिटर दौडसहित विधालय स्तरीय छात्र÷छात्रा ५ किलोमिटर रेस, ५ किलोमिटर रन फर फन र ४०० मिटर हिृवल चियर महिला ÷पुरुष दौड समावेश गरिएका छन् ।
म्याराथनमा प्रथम हुनेलाई ६० हजार, द्वित्तीय हुनेलाई ४० हजार, तृतीय हुनेलाई २५ हजार र चौथो हुनेलाई ४ हजार नगदसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै, विधालय स्तरीय ५ किलोमिटर छात्र÷छात्रा दौड प्रतियोगितामा प्रथम हुनेलाई ७ हजार, द्वित्तीय हुनेलाई ५ हजार र तृतीय हुनेलाई ३ हजार तथा हिृवल चियर महिला÷पुरुष दौडमा प्रथम हुनेलाई ३ हजार, द्वित्तीयलाई २ हजार र तृत्तीय हुनेलाई १ हजार प्रदान गरिने जनाइएको छ ।

लक्ष्मी गु्रपद्वारा सञ्चालित सुजल डेरी प्रा.ली. विगत १२ वर्ष देखी नेपालको सुन्दर नगरी पोखरा र यस वरपरका क्षेत्रमा उपभोक्ताको मन जितिरहेको छ । सफल दूध उच्चस्तरीय प्रविधिद्वारा प्रशोधित गरिएको गाई ÷ भैसीको शुद्ध तथा गुणस्तरीय दूध हो जुन हुर्कदै गरेको बालबालिका , युवा , वृद्धा तथा सम्पूर्ण परिवारले उपयोग गर्न सक्दछन् । सुजल डेरी प्रा.ली. ले सफल दूधका साथै दुध जन्य सम्पूर्ण उत्पादनहरु उत्पादन गरी उपभोक्ताहरुको आवश्यकता पूरा गर्दै आएको छ ।

प्रकाशित मितिः बुधबार, माघ १९, २०७३     3:22:21 PM

Ganesh Pahari

See all posts by