लेखनाथमा सरस्वती पूजा

लेखनाथ ८ शिशुवामा रहेको कञ्चनजंगा एकडेमीक सेन्टरमा आज एक विशेष कार्यक्रम गरी सरस्वती पूजा सम्पन्न गरिनुका साथै २५ जना बच्चाहरुलाई अक्षराम्भ गराइएकोछ। लेखनाथ ७ स्थित लक्ष्मी आदर्श माविले आज एक विशेष कार्यक्रम गरी सरस्वती पूजा सम्पन्न गरेको छ । विद्यालयका विद्यार्थीहरु, शिक्षक तथा विद्यालयका व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानिय बुद्धिजीबीहरु, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, अन्य विद्यालयका विद्यार्थीहरु, पत्रकारहरुको उपस्थितिमा विद्यालयकमा प्रधानाध्यापक रविन्द्र नाथ भट्टराइको सभापतित्वमा पूजा कार्यक्रम सम्पन्न भएको थियो । पूजा कार्यक्रमको संयोजन शिक्षक विष्णु प्रसाद तिवारीले गरेका थिए भने शिक्षीका लक्ष्मी आचार्यले पूजापाठको शुभारम्भ गरेकी थिइन् । उक्त कार्यक्रममा विष्णु प्रसाद तिवारीले आध्यात्मिक चिन्तनले नै मानवलाई सफलताको बाटोमा लैजाने कुरामा जोड दिंदै विद्यार्थीहरुले आफुले गर्नुपर्ने कर्तव्यलाई नविर्सी नियमित रुपमा पठनपाठन कार्यमा लगनसिल हुन सबै विद्याथीहरुलाई आग्रह गरे ।
यसै गरी लेखनाथ ३ अर्घौंमा रहेको न्यू एरा आवासीय माविमा पनि सरस्वतीको पूजा आराधाना गरिनुका साथै २६ जना बच्चाहरुलाइ अक्षराम्भ गराइएको प्रिन्सिपल वेदप्रसाद बस्ताकोटीले जानकारी दिएका छन् । त्यस्तै गरी लेखनाथ २ रिठेपानीमा रहेको लिटल फलावर एजुकेशनल एकेडेमीमा सरस्वती पूजा गरीनुका साथै २५ जना बच्चाहरुलाई अक्षराम्भ गराइएको निर्देश कमल खड्काले बताएका छन् । यसै गरी माझठाना ९ स्थित रत्न शोभा माविमा पनि एक विशेष कार्यक्रमका विच सरस्वतीको पूजा आराधाना गरिए बच्चाहरुलाई अक्षराम्भ समेत गरिएको विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीले जानकारी दिए । लेखनाथ १ भण्ढारढिकमा रहेको सिद्धिविनायक बोडिङ स्कुलले विविध साँस्कृतिक कार्यक्रम तथा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका कार्यक्रम सहित सरस्वती पूजा एवम् अक्षराम्भ कार्यक्रम सम्पन्न गरेको प्रिन्सिपल विक्रम सुवेदीले जानकारी दिए । लेखनाथकै नेपाल आदर्श आवासीय माविमा ३३ जना बच्चाहरुलाइ अक्षराम्भ गराइएको शिक्षक अर्जुन सुवेदीले बताए । यसै गरी लेखनाथ १८ भरतपोखरी स्थित चण्डी माध्यमिक विद्यालयमा सरस्वती मन्दिरमा विशेष पूजा अर्चना गरी १२ जना बच्चाहरुलाई अक्षराम्भ गराइएको शिक्षक राजु प्रसाद पौडेलले बताए । त्यस्तै गरी लेखनाथ ८ शिशुवा स्थित न्यू लाइट माविमा २२ जना बच्चाहरुलाई अक्षराम्भ गरिनुका साथै सरस्वती पूजा अर्चना विशेष कार्यक्रम गरि मनाइएको शिक्षक अरुण चन्द्र सुवेदीले बताए । यसै गरी लेखनाथ १ भण्ढारढिक स्थित होली माउण्ट स्कूलमा पनि अक्षराम्भ गरी सरस्वतीको विशेष पुजा अर्चना गरिएको समाचार प्राप्त भएको छ ।

प्रकाशित मितिः बुधबार, माघ १९, २०७३     3:12:58 PM

Ganesh Pahari

See all posts by