पोखरा उपमहानगर पालिका बडा नं १०मा माओवादी केन्द्रका रिमवहादुर .

 पोखरा, १६ फागुन नेकपा माओवादी केन्द्र वडा कमिटि पोखरा १० को सोमवार सम्पन्न तेस्रो अधिवेशनवाट रिमवहादुर क्षेत्रीको अध्यक्षतामा २५ सदस्यिय नयाँ वडा कमिटि निर्विरोध निर्वाचित भएको छ ।

कमिटिको उपाध्यक्षमा सुर्यवहादुर वानिया, सचिव श्रीकान्त अधिकारी, सहसचिव दुर्गा पहारी तथा कोषाध्यक्ष गणेश तिमिल्सना छन् । सचिवालय सदस्यहरुमा किरण भट्टचन, गोमति तामाङ, र पुर्णकला पोखरेल छन् । त्यसैगरि सदस्यहरुमा मानवहादुर मगर, राजेन्द्र भुर्तेल, सिताकुमारी भुषाल, मनकुमार तामाङ, लज्जावति दुरा, उमेश गौतम, खेमनारायण खनाल, नविन श्रेष्ठ, अनिल गुरुङ, सफल तामाङ, विष्णु पराजुली, दिवानी सुवेदी, यामवहादुर थापामगर, नन्दा थापा र पुष्पलता थापा रहेका छन् । समितिको २ सदस्य पछि चयन गरिने भएको छ । अधिवेशनले वडा सल्लाहकार कमिटि समेत गठन गरेको छ ।

सल्लाहकार समितिको संयोजकमा रामवहादुर थापामगर तथा सहसंयोजकमा हिमालय वख्रेल र सदस्यहरुमा लक्ष्मण केसी, ईच्छावहादुर वाग्ले, विक्रम सुनुवार(ठुल्दाई), डाक्टर केदार पाण्डे, रुद्रप्रसाद कोइराला तथा सुर्यप्रकाश तिवारी छन् । अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा कास्की ईन्चार्ज राजकाजी तमु(करण)ले पार्टी अव स्थानीयतहको निर्वाचनमा होमिएको भन्दै क्रान्तिकारीहरुको विजय सुनिश्चित गर्न सम्पुर्ण पार्टी पंक्तिलाई परिचालित हुन आग्रह गरे । अहिले तथाकथित राष्ट्रवादको हल्ला चलाईएको भन्दै पुर्व सभाषद समेत रहेका युवा नेता गुरुङले राष्ट्रियता, संघियता, धर्मनिरपेक्षता र समावेशीताको लागि लडेको पार्टी माओवादी नै वास्तविक राष्ट्रवादी शक्ति रहेको भनाई उनको छ । पार्टीका कास्की जिल्ला संयोजक तथा पोलिट्व्युरो सदस्य दिपक कोइराला(रुपक)ले देशमा अहिले प्रतिक्रियावादी शक्ति हावी हुन खोजेपनि अन्तत जित क्रान्तिकारीहरुकै हुने ठोकुवा गर्दै चुनावको तयारीमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

तमु राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष बखानसिँह तमु(आभास)ले माओवादीले जित्दा मात्र देशले जित्ने भन्दै माओवादीको हारको कल्पना समेत गर्न नसकिने भनाई राखे । वडा कमिटिका अध्यक्ष रामवहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले वडा कमिटि १०का उपाध्यक्ष सिता तिमिल्सना, संघियसमाजवादी फोरमका कृष्णवहादुर गुरुङ, वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरिक्षक सुवास गैरे, युनाईटेड क्लवका अध्यक्ष सुकवहादुर गुरुड, टोलविकास संस्था वडा समन्व समितिका अध्यक्ष, सम्मवरहादुर श्रेष्ठ, वडा महिला समन्वय समितिका अध्यक्ष निर्मला कार्की भण्डारी, वडा नागरिक मंचका संयोजक शान्ति सुवेदी, वडा कमिटिका उपाध्यक्ष भिमवहदाुर क्षेत्री तथा सचिव सुर्य वानिया लगायले अधिवेशन सफलताको शुभकामना कामना गरेका थिए ।

अधिवेशनको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ । शहिद परिवार महेश पहारीका धर्मपत्नी दुर्गा पहारी, वेपत्ता चमनलाल वरालका धर्मपत्नी द्धय जमुना बराल र अनुरुपा वराल, जेल जिवन विताएका लक्ष्मण केसी, तथा पार्टीका पुर्व वडा सेक्रेटरीहरु विश्वप्रकाश लामिछाने, हिमालय वख्रेल, ईच्छावहादुर वाग्ले, राजकृष्ण श्रेष्ठ र आन्दोलनमा योगदान पु¥याउनेहरु मध्येवाट विक्रम सुनुवार(ठुल्दाई), डाक्टर केदार पाण्डे तथा सहयोगदाताहरु डाक्टर वुद्धिवहादर थापा र वावुराम सुवेदीलाई पनि कार्यक्रममा सम्मान गरिएको छ । त्यसैगरि पत्रकार महासंघ कास्कीको १० औँ अधिवेशनवाट सचिवमा निर्वाचित रामप्रसाद तिमिल्सेना, सहसचिव दीपक परियार, सदस्यहरु कृष्ण दवाडी, गिता राना,उमा आलेमगर, केन्द्रीय प्रतिनिधीमा निर्वाचित गोमा घिमिरे तथा प्रादेशिक प्रतिनिधिमा निर्वाचित भएका नारायण भट्टराइलाई पनि सम्मान गरिएको थियो

प्रकाशित मितिः सोमवार, फाल्गुन १६, २०७३     8:39:03 PM

Ganesh Pahari

See all posts by