निर्वाचनविरुद्ध आन्दोलन थाल्ने मधेसी मोर्चासहितको गठबन्धनको धम्की

काठमाडौं, फागुन १३ ,

मधेसी मोर्चासहितको संघीय गठबन्धनले संविधान संशोधन प्रस्ताव पारित नभए निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।

गठबन्धनको शुक्रबार राजधानीमा बसेको बैठकले अहिलेकै अवस्थामा निर्वाचनमा जानुको औचित्य नहुने भन्दै संशोधन प्रस्ताव पारित भएमात्र निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।

सरकारले सहमति नगरी स्थानीय तहको निर्वाचन घोषणा गरेको भन्दै एकलौटीरुपमा घोषणा गरिएको निर्वाचनविरुद्ध आन्दोलन थाल्ने धम्की पनि सो गठबन्धनले दिएको छ ।

बैठकले गठबन्धनका नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय आन्दोलन परिचालन कार्यदलसमेत गठन गरेको छ ।

सरकारले आफूहरुका मागहरु सम्बोधन नगरे र संशोधन प्रस्ताव पारित नगरे सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने चेतावनी पनि गठबन्धनले दिएको छ ।

 

प्रकाशित मितिः शनिबार, फाल्गुन १४, २०७३     4:56:36 AM

Tara Chapagain

See all posts by