नयाँ पल्सर बजारमा .

पोखरा १२ फागुन/इच्छाशक्ति अटोमोवाइल्स प्रा. लि. ले पोखरामा पहिलो पटक नयाँ पोल्सर १६० एन एस मोटरसाईकल ल्याएको छ ।
पोखर पहिलो पटक ल्याएको उक्त सोटर साईकलको डिजिटल मिटर, हाईड्रोलिक डिस ब्रेक रहेको, वाइड ट्युलेस टायरहरुले मोटरसाईकल लाई आधुनिक बनाएको छ ।

यस मोटरसाईकलले कुलिङ क्षमतामा जुनसुकै बेलामा पनि सुधार ल्याउने छ । इच्छा शक्ति अटोमोबाईन्स प्रा. लिका संचालक इच्छामान बुद्धचार्यले कम्पनीको रणनीतिबारे सुनाउदै ग्राहकलाई यस मोटरसाईकलले मनारेञ्जनको साथै सुनिश्चितता प्रधान गर्ने बताए ।

अन्य मोटरसाईकल भन्दा उतकृष्ट रहेको उनले जानकारी दिएका छन् । उक्त मोटरसाईकलको अहिलेको बजार मुल्य दुई लाख ५९ हजार नौ सय रहेको बुद्धचार्यले जानकारी दिए ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन १२, २०७३     9:55:25 PM

Ganesh Pahari

See all posts by