तेस्रो जंगल फेस्टिभलको उद्घाटन,राजामामाले गरे

पोखरा, १२ फागुन,

‘कुसुन्डा’जातिको एक मात्र जिवित व्यक्ति ‘राजामामा’ले रिबन काटेर उद्घाटन गरेसँगै तेस्रो जंगल फेस्टिभल शुरु भएको छ । ‘जंगलथिम’दिएर पोखराको शान्तिवन वाटिकामा विहिबारदेखि शुरु भएको जंगल फेस्टिभलको उद्घाटन गर्दै राजामामाले फेस्टिभलको उद्घाटन गर्न पाउँदानिकै खुशीलागेको प्रतिक्रियादिए ।

‘पहिला म पनिजंगलकै बास बस्थेँ । जहाँ सुर्य अस्तायो त्यहिँ सुत्यो, अनि फेरि उज्यालो भएपछि जंगलचहा¥यो ।’ तेस्रो जंगल फेस्टिभलमा भेटिएका राजामामाले भने–‘अहिले भने मेरो जीवनशैली केहि मात्रामा फेरिएको छ । तनहुँमा बस्छु । मेरो जहान र एउटी छोरी छिन् ।मेरो जातिका अरुकोहि छैनन् ।’ जंगल फेस्टिभलको उद्घाटन गर्दा आफुलाई ‘मन्त्री’ जस्तै ठुलो मान्छे भएको अनुभव गरेको ‘राजामामा’ले बताए । यस्तो अवसर दिने आयोजक परिचय नेपाललाई पनिउनले धन्यबाद प्रकट गरे

प्रकाशित मितिः बिहिबार, फाल्गुन १२, २०७३     9:08:26 PM

Tara Chapagain

See all posts by