म्यानपावर व्यवसायीलाई राजदूत सिफारिस गरेपछि चौतर्फि विरोध

काठमाडौं, फागुन ११

सरकारले दुई जना म्यानपावर व्यवसायीलाई राजदूतमा सिफारिस गरेपछि चौतर्फि विरोध सुरु भएको छ । युएईका लागि आशा लामा र ओमनका लागी सर्मिला पराजुली सिफारिस भएकोमा अधिकारकर्मि, राजनीतिक दलका नेतादेखी पूर्वराजदूतहरुले विरोध गरेका हुन् ।

म्यानपावर व्यवसायीकै कारण विदेशमा नेपालीले दुःख भोगीरहेका बेला म्यानपावरलाई नै राजदूत बनाएर “चोरलाई चाबी” सुम्पिएको उनीहरुको भनाई छ ।  लामा नेपाली कांग्रेस र पराजुली मेधेसी जनअधिकार फोरम लोकतान्त्रिकको कोटामा राजदूत सिफारिस भएका हुन् ।

 

२०७० सालको संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ मा गगन थापा विरुद्द चुनाव  लडेकी लामाले जम्मा १४ मत प्राप्त गर्नु भएकाे थियाे । उहाँले जनमोर्चाबाट टिकट पाउनु भएकाे थियाे ।

यस्तै काँग्रेस निकट नेपाल लोकतान्त्रीक वैदेशिक रोजगार व्यवसायी फोरमले कांग्रेस सभापती शेरबहादुर देउवा र परराष्ट्रमन्त्री प्रकाशसरण महतलाई भेटेर सिफारिस बदर गर्न माग गरेको छ । श्रोतका अनुसार कांग्रेस नेता जिपछिरिङ लामाको अनुरोधमा आशालाई राजदूत सिफारिस गरिएकाे हाे ।

फोरमले आशा लामा कांग्रेस नभएको र राजदूत बन्न लायक नभएको भन्दै तत्काल निर्णय सच्याउन माग गरेको छ । श्रोतका अनुसार आशा लामा विरुद्ध चेलीबेटी बेचविखनको मुद्दा समेत परेको र उहाँले सञ्चालन गरेको म्यानपावरबाट  कामदार ठगीएको उजुरी समेत परेको थियो । साउदीस्थित नेपाली दूतावासले लामाको म्यानपावर कम्पनीलाई कारबाही गर्न समेत सिफारिस गरेको थियो ।

 

प्रकाशित मितिः बिहिबार, फाल्गुन १२, २०७३     5:30:02 AM

Tara Chapagain

See all posts by