हिन्दु सस्कारलाई चुनौति दिदै छोरीहरु द्धारा काजक्रिया .

पोखरा ११ फागुन ।

 हिन्दु सस्कार अनुसार बाबा वा आमाको मृत्यु पश्चात काजक्रिर्या गर्ने छोरो नै चाहिन्छ भन्ने सस्कारलाई चुनौती दिदै पोखरा उपहानगर पालिका बडा न ५ जिरो किलो मिटर निवासी छोरीहरु दिपा  र दिपिका खत्रीले आफ्ना बु्वा दिपक बहादुर खत्रीको मृत्यु पश्चायत गरिने हिन्दु सस्कार अनुसार १३ दिने काजक्रियामा बसेका छन ।

पोखरा ५ जिरो किलो मिटर निवासी हाडबर्यर ब्यवसायी दिपक बहादुर खत्रीको यही फागुन ५ गते श्वास प्रश्वासको समस्याका कायरणले उपचारको क्रममा काठमाण्डौमा निधन भएको थियो । मृत्यक खत्रीको एक श्रीमति र दुई छोरीहरु रहेका छन ।

जेठी छोरी बर्ष २४ की दिपा खत्री मास्टर इन फार्मेसीमा अध्यन गर्दै छन भने कान्छी दिपिका खत्री बर्ष २१ की ब्यचलर इन पब्लिक हेल्थ अध्यन गर्दै छिन । आमा र बाबाको माया छोरा–छोरीहरु प्रति समान हुन्छ, लिङ्गका आधारमा माया थोरै र धेरै हुदैन । कुनै पनि काम छोरा गर्ने हुने छोरी गर्ने नहुने केही छैन छोरी दिपाले भनिन ।

बा आमा जिबित हुदा छोरा–छोरीले सेवा बराबर गर्नु पर्दछ , सेवा जिउँदो हुदा मात्र गर्नु पर्दछ भन्ने छैन मृत्य पश्चायत पनि छोरीहरुले बा र आमाको काजक्रियामा गर्ने सक्छ भन्ने मान्यतालाई चरितार्थ गर्नेका लागि आफु बाबाको क्रियामा बसेको कान्छी छोरी दिपिकाले भनिन ।
छोराले मात्र काजक्रिया गर्ने हिन्दु सस्कारमा चलन छ तर यो चलन नितान्त रुढीबादी भएकोले आफ्ना बाबाको मृत्युु पश्चायत गरिने सस्कारलाई छोरीहरु सकरात्मक रुपमा लिएर छोराले मात्र गर्नु पर्दछ भन्ने काजक्रियालाई छोरीहरुले गरेकोले छोरीहरु प्रति गर्व गर्दै आफ्नो मनलाई सहानुभुति मिलेको भाबुक हुदै मृत्यक खत्रीकी श्रीमति मुरली खत्रीले भनिन ।

ँ बाबा आमाको मृत्य पश्चायत कारिने काजक्रियामा छोरानै चाहिने र छोरा विना गरिने कार्यलाई अधुरो मान्य अहिलेको यो हिन्दु सस्कार र समाजलाई चुनौति दिदै सन्तान भनेका सवै बराबर छन र दायित्व पनि बराबर हुन्छ भन्ने , चरितार्थलाई समाजमा उदाहरणीय कार्य गरेर देखाएकोमा यो समाजले यसकार्यको सिको गर्नु पर्दछ स्थानिय बासी समाज सेवी कृष्ण प्रसाद पाण्डेले सवैको आवाज सम्बाद दातालाई उनले भने ।

अहिलेको समाजमा भएको छोरा छोरीको भेदभावलाई अन्त गर्दै छोरीहरुले पनि समाजमा रहेको रुढीबादी र कुसंस्कार विरुद्ध देखाएको सहासिक कामलाई सम्मान गर्ने गर्ने सकेमा यो समाजमा पक्कै पनि परिर्वतन आउने बिश्वास र सकरात्मक कदम भएको भनाई समाज सेवी पाण्डेको रहेको छ ।

प्रकाशित मितिः बुधबार, फाल्गुन ११, २०७३     8:58:43 PM

Ganesh Pahari

See all posts by