महिलालाई नेतृत्व विकास तालिम

कास्की १० फागुन

कालिका गाविसका स्वावलम्बन महिला समुहका सदस्यहरुलागि आयोजीत तीनदिने नेतृत्व विकास तालिम मंगलबार सम्पन्न भएको छ ।

कोपिला नेपालको आयोजना र अल वि क्यानको सहयोगमा संचालित सो तालिममा बोल्दै कालिका गाविसका गाविस सचिव शोभाखर ढकालले महिलाले नेतृत्व हाँक्ने समय आएको बताउँदै तालिमको व्यवहारिक पक्षमा जोड दिन आग्रह गरे । स्थानिय निकायको चुनाव घोषणाले नागरिकलाई उत्साहित बनाएको भन्दै ढकालले नेतृत्व क्षमता भएका महिलाकालागि धेरै अवसर रहेको बताए ।

महिला विकासका अध्यक्ष निर्मला सुवेदीले महिला अधिकार स्थापित गर्न र नेतृत्व तहमा पुग्नकालागि महिला लगनशिल र क्रियाशिल हुनु पर्नेमा जोड दिईन् । उनले नेतृत्व विकास तालिमले महिलाको आत्मविश्वास बढाई निर्धक्क साथ आफ्नो आवाज सम्बन्धित निकायमा राख्ने सक्ने क्षमताको विकास गर्ने विश्वास व्यक्त गरिन्् । सहभागि रिना भुजेल, ऋखुमाया कुँइकेलले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गरे । उनीहरुले नेतृत्व विकास तालिमका सैद्धान्तिक र व्यवहारिक ज्ञानले आत्मविश्वास बढाएको बताए ।

संचारिका समूह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माले सहजिकरण गरेको सो तालिममा उद्घोषण, भाषण, बैठक संचालन, नेतृत्व, लेखा र प्रतिवेदनका बारेमा सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।

विभिन्न वडाका २७ जना महिलाको सहभागिता रहेको सो तालिमको कोपिला नेपालका परियोजना प्रमुख मन बल्लभ वाग्लेको अध्यक्षतामा भएको थियो भने संचालन गंगा सापकोटाले गरेकी थिइन् ।

प्रकाशित मितिः बुधबार, फाल्गुन ११, २०७३     7:43:55 PM

Tara Chapagain

See all posts by