हराएकी महिला सकुशल भेटिइन् .

पोखरा, ९ फागुन/ पोखराको सिमलचौरबाट हराएको भनिएकी एक जना बृद्धा महिला आइतबार सकुशल भेटिएकी छिन् । हराएको भनिएकी बृद्धा महिला सोममाया खड्का आफ्नो आफन्तकोमा गएको र हिजोमात्र घरमा आएको छोरा किरण शाईले गोर्खाली रेडियोलाई जानकारी दिनुभयो ।

शुक्रबार अपारह्न ३ बजे सिमलचौरमा गोर्खाली रेडियो तलको गल्ली भित्र रहेको साथीको घरमा लगाएको पूजामा सरिक भएर प्रसाद ग्रहण गरि अपराह्न ५ बजे घर जान भनेर हिडेको तर शनिबारसम्म सम्पर्कमा नआएपछि खोजी गरिदिन सुचना गरेका थियो ।

आलुमाइलाचोक निवासी वर्ष ६२ को कालो वर्ण, उचाई अन्दाजी ५ फिट २ ईन्च, कुर्था सुरुवाल लगाएको र कानै भरि सुनको शिल मुन्द्री लगाएको सोममाया खड्का नाम गरेको बृद्धा महिला हराएकी थिइन् ।

प्रकाशित मितिः सोमवार, फाल्गुन ९, २०७३     7:45:29 PM

Ganesh Pahari

See all posts by