नेपाल निजामती कर्मचारी संगठन जनतासँग

स्याङ्गजा, ८ फागुन

नेपाल निजामती कर्मचारी संगठन केन्द्र्रिय कार्यसमितीका उपाध्यक्ष भवानी दाहालले नेपाल निजामती कर्मचारी संगठनले जनतासँग कर्मचारी संगठनको नारा लिएर काम गरिरहेको बताएकी छन् । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती स्याङ्गजाले शनिवार आयोजना गरेको वनभोज कार्यक्रमको सन्दर्भमा उनले यस्तो बताएकी हुन् ।

उनले क्षतिपूर्ति सहितको नागरिक सेवा प्रवाहको कार्यान्वयन गर्न नेपाल निजामती कर्मचारी संगठनले माग गरिरहेको अवस्थामा सरकारले नै कार्यान्यवन गर्न नसकिरहेको, अनुमानयोग्य सरुवा प्रणालीको नीति लागु गर्न सरकारलाई सुझाव दिईरहदा राजनीतिक तह र उच्च कर्मचारी बर्गबाट कर्मचारी सरुवामै आफ्नो स्वार्थ राखेकोले कार्यान्यवनमा समस्या आएको बताईन । यसै गरी कर्मचारीले पाउने छात्रवृत्तिमा विषयगत विवेद, लैङ्गक विभेद, तहगत विभेद राज्य तहबाट नै भईरहेकोले कर्मचारीले आवाज उठाउनुपर्ने बेला आएको उनको भनाई थियो ।

अर्का वक्ता नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय उपमहासचिव चेतनाथ न्यौपानेले कर्मचारीहरु नागरिकको सेवाका साथै राष्ट्रको समग्र आर्थिक विकासका लागि एउटा पाटोको रुपमा रहेको बताए । साथै उनले संगठनले विगतबाट भन्दै आएको नेगो हाइड्रो पावरको निर्माणलाई अझ विस्तार गरी कर्मचारीहरुकै आर्थिक लगानीमा राष्ट्रसेवक हाइड्रोको रुपमा निर्माण गर्न सकिने तर्क गरे । नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय कार्यसमिती सदस्य एवं स्याङ्गजा इन्चार्ज लिलाबहादुर घर्तीले नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुले सेवाग्राहीलाई छिटो छरितो सेवा प्रवाह गरी आप्mनो सांगठनिक पहिचान दिने, समग्र कर्मचारीको हकहित, सेवा सुरक्षाका विषयमा संगठनले विगतमा गरेका पहलहरुले सार्थकता पाउदै गएकोे धारणा राखे ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्थीले आ—आफ्नो कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई छिटो छरितो सेवा प्रवाह गर्ने प्रमुख दायित्व कर्मचारीको रहेको स्मरण गराउदै भावी दिनमा पनि सेवा प्रवाहमा अझ गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गरे । स्थानिय विकास अधिकारी महेश भट्टराईले जनताका सामु सेवा प्रवाह गर्दा यदाकदा आलोचनाहरु खेप्नु परेकोले कमी कमजोरीलाई सच्याउदै सेवा प्रवाह गरी सम्मुनत नेपाल निर्माणमा सबै कर्मचारकी लाग्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा एमाले प्रदेश नं. ४ का सदस्य नारायण मरासिनी, प्रहरी उपरिक्षक देवबहादरु बोगटी, आधिकारिक टे«ड युनियन स्याङ्गजाका अध्यक्ष ख्यामनारायाण मरासिनी, स्थानिय निकायका कर्मचारी संघका केन्द्रिय सदस्य ताराचन्द्र ढकाल, विभिन्न कार्यालयका प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मितिः आइतवार, फाल्गुन ८, २०७३     7:14:15 PM

Tara Chapagain

See all posts by