सरकारले मुख्य दलसँग गरेर मात्र चुनावको मिति घोषणा गर्ने

काठमाडौं, फागुन ८

सरकारले मुख्य दलहरुसँग छलफल गरेपछि मात्र स्थानीय चुनावको मिति घोषणा गर्ने भएको छ । यसअघि आइतबार चुनाव घोषणा गर्ने तयारी गरेपनि मधेसी मोर्चासँगको शनिबारको बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल तत्काल मिति घोषणा नगर्ने र एकचरण थप छलफल गर्ने मनस्थितिमा पुगेको उहाँ निकट श्रोतले बताएका छन् ।

मोर्चाका नेताले संविधान संशोधन नगरी चुनावको मिति घोषणा गरे तत्काल आन्दोलन थाल्ने चेतावनी दिएपछि प्रधानमन्त्री दाहाल झनै अन्योलमा पर्नुभएको हो । यसबारेमा प्रधानमन्त्री दाहालले आइतबार सत्ता साझेदार नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेसँग छलफल गर्ने तयारी गर्नुभएको छ ।

कांग्रेससँग बालुवाटारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसपछि एमालेसँगको बैठक तय हुनेछ । चुनाव, संविधान संशोधन, मधेसी मोर्चासँगको शनिबारको बैठक लगायत विषयमा छललफल गर्न आइतबार नै माओवादी केन्द्रको केन्द्रिय कार्यालयको बैठक पनि बस्दैछ ।

 

प्रकाशित मितिः आइतवार, फाल्गुन ८, २०७३     9:28:53 AM

Tara Chapagain

See all posts by