मनाङले आज बंगलादेशको क्लबसँग खेल्ने

फागुन ८ ,

बंगलादेशमा चलिरहेको शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा आइतबार मनाङ मर्स्याङ्ग्दी क्लबले बंगलादेशको मोहमडन स्पोर्टिङ क्लबसँग खेल्दैछ । खेल बेलुका सवा ७ बजे सुरु हुनेछ । बंगलादेशको चित्तागाङमा शनिबार सुरु भएको प्रतियोगितामा मनाङले आफ्नो पहिलो खेल घरेलु टिमसँग खेल्न लागेको हो ।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङ र कप्तान अनिल गुरुङ्गले विपक्षी टिमबारे खासै जानकारी नभएपनि नेपालमा लगातार खेल जितिरहेको टोली उच्च मनोबलका साथ बंगलादेश पुगेको  र त्यसैअनुसार राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

मनाङ रहेकै समूहको अर्को खेल पनि आइतबार नै हुनेछ । प्रतियोगितामा नेपाल र बंगलादेशसहित किर्गिस्तान, अफगानस्तान, दक्षिण कोरिया र मालद्विप्सका क्लब सहभागी छन् । दुई वटा समूहमा रहेका सहभागी क्लब मध्येबाट दुईदुईवटा शीर्ष टिम सेमिफाइनलमा पुग्नेछन् ।

 

प्रकाशित मितिः आइतवार, फाल्गुन ८, २०७३     9:25:41 AM

Tara Chapagain

See all posts by