नेपाल पत्रकार महासंघ कास्कीको दशौअधिबेशनबाट नव निर्वाचित पदाधिकारी तथा सदस्यलाई आदिवासी जनजाती फोनिज कास्कीले बधाई तथा सम्मान गरेको छ । कार्यक्रमा तमु धि नेपालका अध्यक्ष कर्मा तमुले नवनिर्वाचित अध्यक्ष दिपेन्द्र श्रेष्ट सहित पदाधिकारीलाई खादा लगाएर सम्मान तथा बधाई ज्ञापन गर्नु भएको थिए ।
सम्मान समारोहमा वोल्दै अध्यक्ष कर्मा गुरुङले समाबेशी टिमले समाबेशी आवाजलाई बुलंद गर्नुपर्नेमा जोड दिइन । पत्रकारको हक हितका लागी आवाज बिहि नहरुलाई नवनिर्वाचित सदस्यले ध्यान दिएर अगाडी बढनुपर्ने बताईन
सो कार्यक्रममा बोल्दै कास्कीका सल्लाहाकार बालकृष्ण काउछाले नेपाल पत्रकार महासंघ कास्कीको टिममा आदिवासी जनजातिले नेतृत्व लिएकाले आदिवासी जनजाति पक्षमा आवाज उठाउन कुनैपनि कसर बाकी नराख्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष दिपेन्द्रले नयाँ नेतृत्वले समावेशी नेतृत्व हासिल गर्न सफल भएको बताउदै आफुले रामो्र महासंघ र हामो्र महासंघको नारा लिएर अगाडी बढेकाले पत्रकारको हक हितका लागी पहलकदमी अगाडी बढाउने बताए आदिवासी जनजाती पत्रकार महासंघ कास्कीका अध्यक्ष एमबी आस्था मगरको अध्यषतामा समपन्न कार्यक्रममा फोनिजका सचिव भुपाल गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए भने उपाध्यक्ष दिल प्रसाद गुरुङले स्वागत मन्तब्य ब्याक्त गरेका थिए ।