अनन्ता सामुदायिक सेवा समितिको बार्षिकोत्सव एवंम साधारण सभा सम्पन्न .

तारा चापागाई
पोखरा ७ फागुन । पोखरा उपमहानगर पालिका बडा न २ मा रहेको अनन्त सामुदायिक सेवा समितिको १९ औ बार्षिकोत्सव एवंम साधारण सभा तथा विविध क्षेत्रका सम्बद्ध ब्यक्रित्व सम्मान कार्यक्रम शनिबार सम्मपन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवंम ब्यवस्थापिका सांसद शारदा पौडेलले कार्यक्रमको उद्दघाटन गर्दै सभासद् पौडेलले संस्थाको अग्रगामी सोंच भएको र यसले राष्ट्रिय क्षेत्रमा समेत चिनारी दिन सफल भएको बताउँदै अनन्ता एउटा नामले मात्र नभएर सबै यसमा आवद्ध महिलाहरुले गरेको काम स्मरणीय रहेको बताउनुभयो । उहाँले अन्य टोल, समाज, संघसंस्थाका महिलाहरुले पनि यस संस्थाको सिको गर्नुपर्ने बताएकी छन । अबको संसारमा अगाडि बढ्नको लागि महिलाहरुको भूमिका अपरिहार्य रहेको बताउँदै अनन्ता सामुदायिक संस्थाका महिलाहरुलाई प्रशंसाको पात्र रहेको उनले भनिन । सभासद पौडेलले संस्थामा महिलाहरुले गरेको योगदानको कदर गर्दै १ लाख ५० हजार दिने प्रतिबद्धता समेत ब्यक्त गरिन ।

संस्थाले सस्थामा आबद्ध सदस्यका एस.एल.सी उतिर्ण छोरा छोरी र यस क्षेत्रमा रहेका जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको तथा भवन निर्माणमा सहयोग पुर्याएका ब्यक्रिकहरु सहित सम्माननित ब्यक्रित्वकहरुलाई दोसल्ला र समानपत्रले सम्मान गरिनुका साथै गुणराज स्मृति छात्राबृद्धि समेत प्रधान गरिएको थियो ।

संस्थाका अध्यक्ष विजया रेग्मीले उपस्थित महानुभावहरुलाई विशेष धन्यवाद दिनुहुँदै अनन्ता समुदायिक सेवा समितिले महिलाहरुको हक हितको लागि २०५४ सालदेखि संस्था गठन गरी निरन्तरता दिंदै आएको र यसको भूमिका महिलाहरु मात्र नभई पुरुषहरुको पनि सहयोग रहेको बताउनुभयो ।

संस्था अध्यक्ष बिजया रेग्मीको सभाअध्यक्षतामा भएको कार्यक्रमा सचिब रगिता सुबेदीले सचिबको प्रस्तुत गरेको प्रतिबेदन कोषाअध्यक्ष कमला पराजुलीले प्रस्तुत गरेको कोषाअध्यक्षकोे प्रतिबेदन साधारण सभाले सर्वसम्मत रुपमा पासगरेको थियो ।

संस्थाका उपाध्यक्ष शर्मिला रेग्मीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा संस्थाका सचिव रंगिता सुवेदीले संचालन गर्नुभएको कार्यक्रममा बसन्तराज पान्डे, पबित्राराज रेग्मी, एकनाथ रेग्मी, सोमकला पराजुली, भिमराज रेग्मी र शभ्भु कार्की. लगाएतका बक्ताहरुले सेवा समितिले समाजमा पुर्याएको योगदानको प्रसंसा गर्दै आगामी दिनहरुमा पनी संस्थाले राम्रा र अधुरा कामहरुलाई अगाडी बढाउनुका साथै रचनात्मक कार्यहरु गर्न आग्रह गरेका थिए ।

प्रकाशित मितिः शनिबार, फाल्गुन ७, २०७३     3:51:08 PM

Ganesh Pahari

See all posts by