आठौं क्यान इन्फोटेक साइकल ¥याली

 पोखरा ४ फागुन/ कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघ कास्कीको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यावसाय संघको सह आयोजनामा यही फागुन ५ देखि ८ सम्म सम्पन्न हुन गइरहेको आठौ क्यान इन्फोटेक विथ मोवाइल एक्स्पोको पूर्व सन्धायामा पोखरा बजार भित्र साइकल ¥याली सम्पन्न भएको छ ।
साइकल सिटी पोखराको सहकार्यमा ¥याली आयोजना गरिएको छ । प्रदुषण मुक्तm शहर निर्माणको सन्देशको रुपमा मोटर साइकल तथा कारको सट्टा साईकल ¥याली आयोजना गरिएको छ । ¥यालीमा करीव १०० वटा साइकल सहभागी भएका थिए । साथै सूचना तथा प्रविधीको विकास एवं विस्तारका लागि आयोजना गरिने इन्फोटेक मेलाको सम्पूर्ण तयारी पुरा भएको छ र संचार मन्त्रालयका सचिव श्रीमान महेन्द्रमान गुरुङ्ग ज्यू को प्रमुख आतित्थ्यतामा फागुन ५ गते १२ः३० वजे समुद्घाटन हुने कार्यक्रम रहेको छ ।
पश्चिमाञ्च
प्रकाशित मितिः बुधबार, फाल्गुन ४, २०७३     7:17:39 PM

Ganesh Pahari

See all posts by