पर्बतको चित्रे होम स्टेको भिटोफद्वारा अनुगमन

गाउँ पर्यटन प्रबर्द्धन मञ्च भिटोफ कास्कीले पर्वत जिल्लाको चित्रे गाविसमा रहेकोे चित्रे घरबास कार्यक्रमको अनुगमन तथा निरीक्षण गरेको छ ।

कास्की जिल्लाको ढिकुरपोखरी, भदौरे तामागी हुँदै सजिलै जान सकिने गुरुङ बस्ती भएको चित्रे गाविस वडा नं. १ मा बिगत ५ बर्ष देखि संचालन भइ रहेको घरबास कार्यक्रममा आन्तरिक तथा बाह्य पर्यटकको संचालिका शुशिला गुरुङले घरबास संचालनबाट आफुहरु सन्तुष्ट भएको तर नवीकरण प्रक्रिया झन्झटिलो भएको बताएकी थिइन ।

सो अबसरमा नेपाल पर्यटन बोर्ड पोखराका वरिष्ठ अधिकृत सुर्य थपलियाले अनुगमनका क्रममा घरबास कार्यक्रममा तोकिएको मापदण्ड पूरा गरेको पाईएको बताउँदै  उनले गुरुङलाई नविकरणमा कुनै समस्या भए पर्यटन बोर्डको कार्यलयमा जानकारी हुनुपर्ने बताए ।

सो अबसरमा वरिष्ठ पत्रकार अमृत भादगाउँले, भिटोफ कास्कीका अध्यक्ष तारानाथ पहारी र स्वतन्त्र पत्रकार संघ कास्कीका उपाध्यक्ष कृष्ण रानाभाट लगायतको उपस्तिथि रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, माघ १८, २०७३     10:07:28 PM

admin

See all posts by