कोशी अञ्चल यातायातका लेखापाल घुससहित पक्राउ

इटहरी ,१८ माघ,  , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका एक कर्मचारीलाई घुससहित मंगलबार पक्राउ गरेको छ ।

लेखापाल भुपेन्द्र कटुवाल घुससहित रंगेहात पक्राउ परेका हुन् । उनको साथबाट ४० हजार रुपैयाँ घुस बरामद भएको छ ।

इटहरीस्थित कार्यालय छेउँको एक होटलबाट उनलाई मंगलबार बिहान आठ बजे नियन्त्रणमा लिइएको हो ।

लाइसेन्स बनाइदिने भनेर कटुवालले सुनसरीका दुईजना सेवाग्रा हीबाट २०-२० हजारको दरले ४० हजार रुपैयाँ घुस लिएको र गोप्य सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको अख्तियार सम्पर्क कार्यालय इटहरीका प्रमुख प्रेमप्रसाद भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

मुचुल्का उठाउने काम भइरहेको र उनीमाथि थप अनुसन्धान भइरहेको भट्टराईले बताए ।

प्रकाशित मितिः मङ्लबार, माघ १८, २०७३     12:44:31 PM

Ganesh Pahari

See all posts by