चुनावको मिति घोषणा गर्ने तयारीमा सरकार

काठमाडौं, माघ १७ – सरकारले चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । चुनावसँग सम्बन्धित सबै विधेयक सोमबार संसदबाट पारित भएपछि बुधबारसम्ममा मिति घोषणा गर्ने तयारीमा सरकार जुटेको हो ।

मिति घोषणाअघि सरकारले असन्तुष्ट मधेसी मोर्चालाई सहमतिमा ल्याउन प्रयास गरेको छ । मोर्चाले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पास नभएसम्म चुनावको घोषणा नगर्न दबाब दिँदै आएको छ ।

एमालेले भने पहिले चुनावको मिति घोषणा गर्नुपर्ने बताउँदै आएको छ । दोहोरो दबाबमा रहेका प्रधानमन्त्रीले सोमबार सत्तारुढ कांग्रेस र माओवादीसँगै मोर्चाको बैठक बोलाउनुभएको हो ।

मोर्चालाई सहमतिमा ल्याएरै चुनावको मिति घोषणा गर्ने प्रधानमन्त्रीको प्रयास छ । मुख्य दलहरुबिच माघ १५ गतेभित्रै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने समझदारी भएको थियो । तर मधेसी मोर्चाको बिरोध र चुनावसम्बन्धी विधेयक पास नहुँदा मिति घोषणा हुन सकेको छैन ।

प्रकाशित मितिः सोमवार, माघ १७, २०७३     12:54:18 PM

Ganesh Pahari

See all posts by