भूमिसुधार मन्त्री पाण्डेलाई पितृशोक

काठमाडौं, माघ १६ – भूमिसुधार तथा व्यवस्थामन्त्री बिक्रमबहादुर पाण्डेका पिता चन्द्रराज पाण्डेको ९७ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ ।

उच्च रक्तचाप र मधुमेहरोगबाट पीडित पाण्डेको बूढानीलकण्ठस्थित आफ्नै निवासमा बिहान झण्डै ५ बजे निधन भएको उहाँको परिवारले जनाएको छ ।

कालिका कन्स्ट्रक्सन प्रालिका संस्थापकसमेत रहनुभएका पाण्डे समाजसेवाका क्षेत्रमा पनि सक्रिय हुुनुहुन्थ्यो । स्वर्गीय पाण्डेको चार छोरा हुनुहुन्छ ।

स्वर्गीय पाण्डेप्रति श्रद्धाञ्जलि दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपाका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, केन्द्रीय अध्यक्ष कमल थापालगायत बूढानीलकण्ठ पुग्नुभएको थियो ।

उहाँको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने राप्रपाका नेता जनक पाठकले जानकारी दिनुभयो । – रासस

प्रकाशित मितिः आइतवार, माघ १६, २०७३     8:24:20 PM

Ganesh Pahari

See all posts by