एन्फाको क्षेत्रिय फुटबल संघ गठन, अध्यक्षमा खेमबहादुर गुरुङ

पोखरा १६, माघ, कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्षखेम  गुरुङको नेतृत्वमा १३ सदस्यीय कार्यसमिती घोषणा गरिएको छ ।

रुपन्देहीका मदन शेरचन र गोरखका हरीहर श्रेष्ठलाई संघको उपाध्यक्षमा चयन गरेको छ । सहारा क्लबका पूर्व अध्यक्ष कास्कीका विक्रम थकाली (कास्की) लाई सचिव र कास्कीकै मदन केसीलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।

सदस्यमा टिका बहादुर कार्की (कास्की), एलबी जुहारचन (स्याङ्जा), रामराज गुरुङङ्ग (बागलुङ), ज्योती श्रेष्ठ (तनहुँ), सेत बहादुर पुन (नवलपरासी), शिव वहादुर गुरुङ (कास्की), ओम गुरुङ (लमजुङ) र भरत शर्मा (पाल्पा) छन् ।
भेलामा एन्फाका वरिष्ठ उपाध्यक्ष मणी कुंवरले फुटबल विकासका लागि विकेन्द्रिकरण आवश्यक रहेको औंल्याउँदै भने, ‘सोही नीति अनुरुप हामीले क्षेत्रिय संघको गठन गरि कार्यक्रमहरुलाई प्रभावकारी बनाउन खोजेका छौं ।’ उनले एन्फाले आफ्नो सिमित स्रोत साधनका बावजुद पनि खेल सामाग्रीहरु वितरण गर्दै आएको र अबको केही दिनमा नै हरेक क्षेत्रमा ‘इन्स्ट्रक्टर’हरुको नियुक्ती गरि प्रशिक्षण कार्यक्रम संचालन गरिने बताए ।

एन्फाका उपमहासचिव गणेश बहादुर भट्टराईले राजनितिक अवस्थाका कारण खेलकुदले गति लिन नसकेको बताउँदै खेल विकासका लागि लगानी आवश्यक रहने बताए । नेपाल खेलकुद पत्रकार मंच कास्की समन्वय शाखाका अध्यक्ष केशब पाठक र सञ्चरकर्मी दिपेन्द्र श्रेष्ठले फुटबल विकास संगै पूर्वाधार विकासमा ध्यान पुर्याउनु पर्नेमा जोड दिए ।

प्रकाशित मितिः आइतवार, माघ १६, २०७३     8:07:10 PM

Ganesh Pahari

See all posts by