माघ १५, मोसफलकै सर्बाधिक राशिको झापा गोल्डकपको दोस्रो संस्करण आज बाट बिर्तामोडमा सुरु हुदै छ ।
माघ १५ गते बाट २४ गते सम्म चल्ने प्रतियोगितामा आयोजक झापा ११ सहित १० टिमको सहभागीता रहेको छ ।
आज हुने उद्घाटन खेल आयोजक रमपम झापा ११ र सेर क्लब भारत बिच हुने छ । खेल दिनको २ बजे बिर्तामोड स्थित डोमालाल रङशालामा हुने छ ।
यस प्रतियोगितामा प्रथम हुने टिमले नगद ७ लाख र द्धितिय हुने टिमले ३ लाख ५० हजार प्राप्त गर्ने छन । प्रत्येक दिनको म्यान अफ दि म्याच हुने खेलाडीले ७ हजार प्राप्त गर्ने छन।