संकटालाई हराउदै मनाङ मस्र्याङदी फाइनलमा

पोखरा, १३ माघ ः पोखराको रंगशालामा जारी १५ औ संकरणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा विहिवार भएको अन्तिम सेमिफाइनल खेलमा दश खेलाडिमा सिमित संकटालाइ १–० गोलले हराउदै चार पटकको गोल्डकप विजेता मनाङ मस्र्याङ्दी क्लव फाइनलमा प्रवेश गरेको छ । मनाङले अब शनिवार आयोजक सहारा क्लव संग उपाधि रक्षाका लागि फाइनल खेल खेल्ने छ ।
दश खेलाडिमा सिमित संकटालाइ मनाङले खेलको ८६ औ मिनेटमा विक्रम लामाले प्रहार गरेको फ्रिकिकमा विमल राणाको हेड पासमा वलावलाले हेड गोल गरेका थिए । संकटाका सुनिल बलले मनाङको सुजल श्रेष्ठलाइ लडाउदा मनाङले फ्रिकिक पाएको थियो ।
खेलको खेलको १५ औ मिनेटमा मनाङका वलावालाले संकटाको दुइ जना डिफेन्सलाइ विट गर्दै गरेको प्रहारलाइ संकटाका डिफेन्डर अमित तामाङले गोल हुन वाट जोगाएका थिए । १८ औ मिनेटमा वलावालेले दिएको पासमा क्याप्टेन अनिल गुरुङ्ग गोल गर्न चुके । २१ औ मिनेटमा संकटाका विश्व अधिकारिको लामो पासमा सुसिल के.सि गोल गर्न बाट चुके । खेलको २५ औ मिनेटमा मनाङका वलावालेको पासमा पुन अनिल गरुङ्ग गोल गर्न वाट चुकेका थिए ।
रेफ्रि विकास महतले संकटाका सुसिल के.सि लाइ दोहोरो पहेलो कार्ड देखाउदै रेडकार्ड दिएका थिए । उनले ५९ औ मिनेटमा पहेलो कार्ड पाएका थिए भने ६३ औ मिनेटमा मनाङका क्याप्टेन अनिल गुरुङ्गलाइ लडाए पछि अप शव्द वोल्दा रातो कार्ड पाएका हुन । खेलको ७२ औ मिनेटमा मनाङको सुजल श्रेष्ठको पासमा वलावलेले गरेको प्रहार संकटाका गोल रक्षक विनय श्रेष्ठले वचाउ गरेका थिए ।
मनाङले केहि राम्रा राम्रा अवसरहरु पाए पनि त्यसको सदुमयोग गर्न भने सकेन । जित पछि मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङ्गले खेलको दश मिनेट भित्र पाएको दइ अवसरको सदुपयो गर्न नसक्दा खेल कमजोर भएको वताए ।
पहिलो हाफमा मिडफिल्ड र स्टाइकर विच ग्याप हुनाले स्कोर गर्न नसकेको वताए । उनले भने खेल प्रेसरको थियो । खेलाडिले सोचे जस्तो खेल नखेलेको र फाइनल खेलमा भने खेल सुधार गरि केहि खेलाडि परिवर्तन हन सक्ने वताए ।
त्यस्तै संकटाका प्रशिक्षक सल्यान खड्गीले आफ्नो खेलाडिले रेडकार्ड खानु नै हारको कारण भएको वताए । खेलमा रेफ्रीको निर्णयवाट असन्तुष्टि रहेको वताए । खेल फेयर प्ले नभएको वताए । खेलको म्यान अफ दि म्याच मनाङका रोहित चन्द घोषित भए ।

प्रकाशित मितिः शुक्रबार, माघ १४, २०७३     1:10:33 PM

Ganesh Pahari

See all posts by