नेप्कम्सको अष्टे«लिया सम्बन्धि सेमिनार माघ १८ गते

पोखरा १३, माघ, पोखराको सिद्धार्थ चोकमा अबस्थित विदेश पढन जाने विधार्थीहरुलाई शिक्षा प्रदान गर्ने नेप्कम्स् पोखराको आयोजनामा अष्ट्रेलियको शिक्षाबारेका विधार्थीहरुलाई ज्ञान दिने उद्देश्यले नेप्कम्स् पोखराले सेमिनार गर्ने भएको छ ।
नेप्कम्स् सर्भिसेजको आफ्नै सभाहलमा आउदो माघ १८ गते मंगलबारका दिन अष्ट्रेलियन एजुकेशनको सेमिनार हुने भएको हो ।
नेप्कम्स् सर्भिसेजको आयोजनामा हुन लागेको सेमिनार अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै अष्ट्रेलियन शिक्षा तथा भिसा सम्बन्धी जानकारी दिने उद्देश्यले आयोजना हुन लागको कुरा नेप्कम्स् पोखराका प्रमुख सन्तोष शाहीले जानकारी दिएका छन । उक्त सेमिनारमा अष्ट्रेलियाका प्रतिष्ठित कलेज र युनिभर्सिटीहरुका प्रतिनिधिहरुको सहभागीता हुने छ । माइग्रेशन एजेन्ट तथा नेप्कम्स् सर्भिसेज अष्ट्रेलियाका प्रमुख राम श्रेष्ठ तथा विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरुले विद्यार्थी तथा अभिभावकहरुलाई परामर्श दिने छन् । सेमिनारमा विद्यार्थीहरुले प्रत्यक्ष रुपमा कलेजका प्रतिनिधिहरुलाई भेटेर अष्ट्रेलियाको शिक्षा सम्बन्धी, अध्ययन गर्दा लाग्ने खर्च, भर्नाका प्रक्रियाहरु र भिसा सम्बन्धी जिज्ञासा मेट्न सक्नेछन्, साथै भिजा पोलिसी, अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुलाई अवसर र अष्ट्रेलियाको पिआर लिने प्रक्रियाका बारेमा समेत विद्यार्थीहरुलाई जानकारी गराइनेछ । यही आउँदो माघ १८ गते मंगलवार हुने सेमिनारमा पोखरा र आसपासका तिन सय भन्दा बढी विद्यार्थी सहभागी हने अपेक्षा आयोजकको रहेको छ । उच्च शिक्षा हासिल गर्न जाने नेपाली विधार्थीहरुको लागि अष्ट्रेलिया को बारेमा बढी भन्दा बढी ज्ञान लिन सक्ने र अष्ट्रेलियको पढाईका बारेमा सेमिनार निकै उपयोगी रहने शाखा प्रवन्धक शाहीको विश्वास रहेको छ ।

प्रकाशित मितिः बिहिबार, माघ १३, २०७३     9:18:38 AM

Ganesh Pahari

See all posts by